“एनआरएनए विश्व सम्मेलन एक समिक्षा”

– रामचन्द्र शर्मा
एक समय विदेश जानु त्याँहा स्वरोजगार हुनु स्वव्यवसाय गर्न नेपाली समाज भिन्न ठुलो बहादुरी र इज्जतपुर्ण कर्म थियो । यसलाई समाजले समेत भव्य सम्मान दिईरहन्थ्यो । नेपाल वाट अध्यन ,भ्रमण र विविध कामले विदेश गएर उतै पलायन हुने होडवाजी नै चल्दै आएको छ । प्रवासी यात्राः दुइ कोणवाट सृजना गरिएको छ । एक, इज्जतको होडवाजीमा, दोस्रा,े प्राण र जिवन धान्ने संघर्षको वाटोमा, दुइ पक्षहरुको गम्भिर विश्लेषण गर्न सक्नु एनआरएनएको औचित्य हुन्छ । २००३ सालमा एनआरएनए को स्थापना हुदा एकपटकको नेपाली सधैको नेपाली भन्ने भावनासंग जोडिएर विदेशमा रहँने नेपालीहरुसंग समन्वय गर्न, फेलोसिप हुदै नयाँ वाटो कोर्न र कुनै न कुनै उद्देश्यवाट नेपालवाट नजिक हुने अभिप्राय लुकेको देखिन्छ ।
एनआरएनए किन ?
संस्थाको स्थापना पुर्व धेरै देशका गैरआवसिय संगठनहरु वनेका थिए । एनआरएनए वनाउनु यसको प्रभाव नेपालीहरुमा परेको प्रष्ट बुभ्न सकिन्छ । नेपाली संगनजिक हुन र विदेशमा सिकेको सिप, ज्ञान र अभियान नेपाली माटोमा प्रयोगमा ल्याउने वातावरण वनाउन अनिवार्य थियो । त्यो केहि हदसम्म केहि अभियान्ताहरु मार्फत प्रयोगमा ल्याइएको पनि छ । यति कामले मात्र विशाल एनआरएनए को औचित्य पुष्टि हुनै सक्दैन । सैदान्तिक निती योजना प्रष्ट हुनु आवश्यक देखिन्छ । मुख्य कुरा अन्तराष्ट्रिय अनुभवको विश्लेषण गर्न अति जरुरी हुन्छ । एनआरएनएको विकास र सम्वद्र्धनको लागि यो कोशेढुङ्ग सावित हुन सक्छ । यसैको मार्गनिर्देशनमा संसारभरका नेपालीहरुलाई नेपाली आमाको काखमा राख्ने उद्देश्य एनआरएनए को हुन सक्छ । समग्र देशको सम्र्वर्दन र प्रर्वर्धनको लागि मात्र एनआरएनएको भुमिका हुनु पर्दछ ।
समिक्षा
स्थापनाकाल देखि याहासम्म आइपुग्दा ८ वटा विश्व सम्मेलनहरु नेपालमा भए तर ति सम्मेलनमा नेपालमा लगानी वढाउने स्पष्ट धारण र दस्तावेज माथी छलफल गरेको पाइदैन । व्याक्तिगत एवं आंशिक रुपमा लगानी भएको छ तर यसले समग्र संगठनको उद्देश्यलाई व्राण्डीङ्ग गर्न सकेको अवस्था छैन । अवको एजेण्डा नेपालमा लगानीको हिसावले ६० लाख नेपालीलाई कसरी जोड्न सकिन्छ भन्ने कोणमा केन्द्रित हुनुपर्दछ । नेपालमा रहेका अन्य सामाजिक संस्था जस्तै सामाजिक काम गरेर आफ्नो ओजलाई दिन प्रतिदिन घुमिल पार्दै लगेको देखिन्छ । यो संस्था विशुद्द रुपमा आर्थीक गतिविधि एवं सामाजिक उद्यमसंग जोडिनु पर्दछ । अव देश कसैलाई चन्दा अनुदान र राहात दिएर कदापी धनी हुदैन । यसको लागि उद्यमहरु सुजना गर्न मार्ग चित्र बनाउन सक्ने र कार्यन्वयनमा लैजाने हो भने अहिलेको सामाजिक काम भन्दा १०० गुणा वढी समाजको आर्थीकस्तरमा वदलाव ल्याउन सकिन्छ । एनआरएनए माछा मारेर दिने हैन माछा मार्न सिकाउने रणनीतिमा लाग्नु पर्दछ । अहिले संस्थालाई राजनैतिक पाटीकरणको कोणवाट अगाडी ल्याउन खोजिए जस्तो देखिन्छ । यसको असर संस्थाको गम्भिर भडकावको रुपमा भविष्यमा देखिन्छ । नेपाल सरकार र राजनैतिक पाटिहरु र यसका नेताहरुसंग सहज पहुँचको लागि यसका नेतृत्व कर्ता र अभियान्तहरुले आफुलाई प्रस्तुत गरेका छन् । यस्ता गतिविधिले हिरोइजम वाहेक नेपाली समाजलाई खास योगदान दिन सक्दैन । खास खास नेता र कार्यकर्ताहरु विदेशमा घुम्न पाउनु होला तर संस्थाको गरिमालाई दिनप्रतिदिन स्खलित गरिरहने छ । गैर आवसिय नेपालीलाई राजनीतिक वाहेक सवै अधिकार सरकारले दिएको छ। तर जुन अधिकार उनिहरुसंग छैन त्यहि अधिकारको लागि जस्तो गरि विभिन्न राजनैतिक पार्टीका ब्यानरमा अघोषित रुपमा संस्थाको विभिन्न तहको निर्वाचनमा सहभागी भएको अवस्था विधमान छ । एनआरएन सफल हुन नसक्ने गम्भीर कडी यहीनेर हो । दुईटा ढुङ्गामा खुट्टा हालेर सागर तर्न खोज्नु सायद मुर्खता हो । नेपालमा हिजो गरेको जस्तो ब्यवहारलाई आजा तपाईहरु वाहिर बसेरपनि दोहोराउनु हुन्छ भने एनआरएनए भन्नु लाजमर्दो अवस्था हुन्छ । तपाईहरुको सभ्यतामा प्रश्न उठाउने ठाउँ दिन्छ । संस्थाको ब्यानरमा जुन खालको तडकभडक छ । यो नेपाली संस्कृतिको मुल्यमान्यता विपरित छ । यसले नेपाली समाजलाई नकरात्मक शिवाय केहिपनि दिनेवाला देखिन्न । संस्थाको निर्वाचन हुँदा उम्मेदवार आवेदन फर्म नै लिदा दश लाखसम्म चाहिने जुन अवस्था छ । कतै पैसाको प्रर्दशन गर्ने धनाढ्य कलव त हैन भन्ने प्रश्न गम्भीर रुपमा उठेको छ । एकातर्फ मध्य पुर्वमा बस्ने नेपालीहरुलाई समेत एनआरएनए भनिएको छ । अर्कातर्फ दश लाखको डण्डाले उनीहरुलाई दबाउने काम समेत गरिएको छ । राजतन्त्र जस्तो आफ्नो छोरा नै राजा भएजस्तै दश लाख पैसा हुने मात्र उम्मेदवार हुने हो भने मध्य पुर्व सहित खाडि राष्ट्र«मा वस्ने नेपालीहरु दोस्रो दर्जाको ताली वजाउन राखेका दर्शक मात्र हुन्छन । यस विषयमा गम्भिर समिक्षा हुन जरुरत देखिन्छ । संगसगै यस्ता प्रबृतिको तुरुन्त अन्य गर्नु अपरिहार्य आपश्यकता छ । प्रत्येक अधिवेशनमा गर्दा औसतमा प्रत्यक्ष वा परोक्ष रुपमा दुई अर्व माथिको खर्चहुने गर्दछ । त्यस्ता खर्चहरु ६० प्रतिशत कटौति गर्नसक्ने प्रशस्त ठाउँहरु छन् । त्यो रकम नेपालको उद्योग ब्यवसायमा लगाउने हो भने ठुलो रोजगारी सृर्जना हुनेर देशको लागि उल्लेखनिय योगदान हुन सक्छ । आजको समाजसेवा सामाजिक उद्यम हो । यसले मात्र नेपालीको मन खुशी पार्न सकिन्छ भन्ने कुरा गम्भीर समिक्षाको रुपमा लिएर अगाडि बढ्नु स्वयम अभियान र गैह्रआवशिय नेपालीको लागि हितकर हुनसक्छ । साठी लाख भन्दाबढि नेपालीलाई छाता ओडाएको छ भन्ने दावा एकातर्फ छ तर संस्थाको साधरण सभा तथा महाअधिवेशनमा भाग लिने डेलिगेटसहरु अपार्दशि ढंगवाट पर्यटक डेलिगेटसको रुपमा नेपाल ल्याईएको सर्वत्र गुनासो छ । संस्थाको गरिमा बढाउन यसले अवरोध मात्र गर्न सक्दछ । एउटा विधि र प्रकृयावाट डेलिगेटस छनोट गर्ने वातावरण वनाउन तिर लाग्ने र संस्थालाई अझ ब्यापक वनाउन एउटा मजजुत सिस्टम बनाउने र तिन तहको मताधिकारको ब्यवस्था गर्ने हो भने सवै प्रवाशीहरुले आफ्नो आफ्नो भुमिका देख्न सक्छन । प्रवाशीहरुको मुख्य चासो यसमा केन्द्रित छ । मानै एक प्रत्यक्ष मतादानको व्यवस्था दुई विदेशमा वस्ने सम्पुर्ण नेपालीहरुले एसएमएस वा अन्य डिजिटल प्रविधि मार्फत मतादान गर्ने ब्यवस्था , यसो गर्दा मतको भारलाई अलग अलग ढंगवाट गडना गर्ने ब्यवस्था गर्न सकिन्छ जस्तो इलेक्ट्रोलर कलेजको ब्यवस्था गर्ने यसमा प्रत्यक्ष डेलिगेटसहरुको एकमत वरावर एक इलेक्ट्रोलर कलेजको गणना गर्न सकिन्छ भने एसएमएस र अन्य प्रविधिवाट गरिएको मतदानलाई दश हजार मत वरावर एक इलेक्ट्रोलर कलेजको मान्यता दिई मतभारको गणना गर्ने गरि निर्वाचन र मतादान गराउने हो भने संस्थाको ब्यापकता, अपन्त्व र वैज्ञानीकता अझ विश्वासिलो भएर जाने छ । समग्र देशले तपाईहरुलाई महत्वका साथ नियालिरहेको छ । समग्र नेपालीको अभियान सफल वनाउन यसले भरपुर मद्दत गर्दछ । अहिलेका पुस्ताहरु विदेशिदा त्याहा बस्दा नेपालको माया नेपालमा बस्ने नेपालीलाई भन्दा बढि हुन्छ । त्यो स्वभाविक हो । तर समस्या के हो भने तिनका संन्तानमा नेपाली मन हुन्छ कि हुन्न भन्ने हो । अन्तराष्ट्रिय रुपमा जन्मको आधारमा नागरिक बन्न दिने प्रचलन गम्भीर खोज अनुसन्धानबाट सुरुगरिएको हो । यसकारण पनि प्रश्न उठाउने गम्भिर विषयवस्तु अगाडि आएको छ । अवको कार्यभार सन्ततिको लागि नेपाल अभियान एनआरएनएको हुनु पर्दछ । यसका लागि कार्य गर्नुनै हामी सवैको कर्तव्य हो । दायित्व हो । धर्म हो । यो विश्व सम्मेलन पुर्णतया निर्वाचनमा मात्र केन्द्रित हुदा उल्लेखित एजेण्डाहरु ओझलमा पार्नुहुदैन । मुख्य कुरा निति हो त्यसलाई कार्यन्वयन गर्ने महन्वपुर्ण निकाय मात्र समिति हो । सम्मेलनले नितिगत विषयमा माहान वहस गरोस शुभकामना ! राजनीतिक पार्टीहरुले समेत अनावश्यक हस्ताक्षेप नगरि संस्थालाई स्वतन्त्र रुपमा उसका एजेण्डा र नितिमा अगाडि वढ्न दिने हिम्मतिलो मार्गप्रस्थ गर्नु पर्दछ ।
निष्कर्ष
सम्मेलनलाई पर्यटकिय , चाडवाड मनाउने मेलोको जमघट , राजनीतिक लाभ लिने औजारको रुपमा प्रयोग गर्ने दृष्टिकोण पुर्णतया खारेज गर्नुपर्छ । आज नेपाल ठुलो प्रसब पिडावाट मुक्त हुदै अगाडि बढ्न खोजिरहेको छ । नेपाली आमा एकपटक संसारमा देखिने गरि श्रीङ्गारिन चाहान्छिन । रगतले लेखिएका विरताका गाथा , स्वाभिमानले भरिएका ठुलाठुला इतिहास ,धर्म, संस्कृति बैभव प्रर्यावरण र पर्यटनका अदृत्तिय गन्तब्यहरु संसार माझ पढाउन र चिनाउन चाहान्छिन । विदेशमा तपाईहरु रहनुभएको छ । तपाईहरुकै हात समाएर आज संसार यात्रामा नेपाली आमा दौडिन चाहान्छिन । यो सम्मेलनले त्यो चाहाना पुरा गर्ने संकल्प गर्ने हो भने विशुद्ध क्रषि मनले नेपालमा लगानी बढाउने एजेन्डा तय गरौ र त्यहि बाटो हिड्ने प्रण गरौ । लेखक राष्टिय उत्पादन अगाढि वढाउन तपाईहरुसंग मिलेर काम गर्न चाहान्छ । हामी जाहाँ जाहाँ छौ नेपालको प्रचार गरौ। नेपालको पर्यटन दुतको रुपमा प्रत्येक नेपालीले योगदान पुयाउनसक्ने वातावरण एनआरएनएले वनाउन सकोस । एनआरएनए ले जोशिलो, दुरदर्शी र नेपाली माटोलाई आफ्नो पसिनाले मुछ्न आँट गर्ने नेताहरुलाई निर्वाचित गरोस् । विश्व सम्मेलन सफलताको अगणित शुभकामना !
(लेखक प्रवासी नेपालीका जानकार, पर्यटन ब्यवसायी एवं राष्ट्रिय उत्पादन अभियानका अभियान्त हुन ।)

(Source: newsdabali.com)