साल्ट ट्रेडिङ कर्पोरेशनलाई सेवामुखी बनाएका छौ“

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा असिस्टेन मेनेजरबाट सेवा प्रवेश गर्नु भएकी उर्मिला श्रेष्ठ अहिले प्रमुख कार्यकारी अधिकृतका रुपमा विगत पाँच वर्षदेखि जिम्मेवारी वहन गर्दै आउनु भएको छ । उहाँ कर्पोरेशनमा ०६४ सालमा महाप्रवन्धक हुनु भएको थियो । महाप्रवन्धक रुपमा श्रेष्ठले करिव ७ वर्ष साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रमुख भै जिम्मेवारी सम्हानु भएको थियो । त्यो भन्दा अगाडि श्रेष्ठले नेपाल बनस्पति ध्यू उद्योग र खाद्य उद्योग लिमिटेड हेटौंडाको प्रमुख भई यि उद्योगलाई कुशलता पूर्वक सञ्चालन गरि मुनाफामा लैजानु भएको थियो । श्रेष्ठ ११ वर्ष अघि कर्पोरेशनको महाप्रवन्धक हुँदा कर्पोरेशन घाटामा थियो । राम्ररी सञ्चालन हुन सकेको थिएन । नुन आपुर्ति र व्यवस्थापनमा अनेकौं समस्या थिए । कति उद्योग बन्द थिए । कर्मचारी भित्र आपसी गुटवन्दी र विवाद थियो । उहाँ महाप्रवन्धक भैसकेपछि ति सबै समस्या उहाँले एक वर्ष भित्रै कुशल व्यवस्थापन गरि समाधान गरेर बन्द भएका उद्योग खुलाई नाफामा सञ्चालन गर्ने, कारोवार अंकलाई बढाउने, कर्पोरेशनलाई नाफामा लैजाने, नाफा हिस्सा बढाउने, व्यापार बढाउने, एलपी ग्याँस उद्योग उञ्चालन गर्ने, लगानीकर्तालाई लाभांस बढाउने, कर्मचारीलाई बोनस वितरण गर्ने, सरकारलाई राजश्व बढी तिर्ने, कर्मचारीहरुको सरुवा र बढुवालाई नियमित गर्ने, लिमिटेडको भवन निर्माण गर्ने, सम्पत्तिको संरक्षण गर्ने जस्ता प्रतिफल दिलाउनु भएको छ । श्रेष्ठले कर्पोरेशनबाट तोरीको तेल उत्पादन गर्ने, पेट्रोल पम्प सञ्चालन गर्ने योजना अगाडि बढाउनु भएको छ । भूकम्पबाट क्षतिग्रस्त भएको कालिमाटीको भवनको पूर्ननिर्माण गरि सञ्चालनमा ल्याउनु भएको छ । श्रेष्ठका यस्ता सुधार र योजनाका कारण आयो नुन र अन्य दैनिक उपभोग्य खाद्यान्न, नुन, तेल, चिनी, ध्यू, रासायनिक मल, मैदा जस्ता बस्तुको बजारमा अभाव, मुनाफाखोरी र कालोबजारी हुन पाएको छैन । कर्पोरेशनको ५७ औं बार्षिक उत्सवको मनाइरहेको बेलामा कर्पोरेशनको वर्तमान अवस्था, आयोनुनको व्यापार, मुनाफा, भावी योजना र कार्यक्रमका विषयमा केन्द्रीत भएर इन्द्रेणी साप्ताहिकका प्रतिनिधिले प्रमुख कार्यकारी अधिकृत श्रेष्ठसंग गरेको छोटो कुराकानी ः

उर्मिला श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड

 

साल्ट टे«ेडिङ कर्पोरेशनले के कस्तो नीति अनुसार काम गर्दै आएको छ ?
साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्नो उद्देश्य एवं प्रतिबद्धता अनुसार विगत ५७ वर्षदेखि आमजनतालाई सुपथ एवं सहजरुपमा गुणस्तरीय उपभोग्य वस्तुहरुका साथै उपयोगी सेवाहरु उपलब्ध गराउँदै आएको छ । जसमा आयोडिन युक्त नून, चिनी, अनुदान प्राप्त रासायनिक मल र अनुदान प्राप्त नभएको रासायनिक मल, मैदा, तेल, घ्यू, गेडागुडी, दाल, एसटीडी मसला, एसटीडी ग्याँस लगायतका सामाग्री र वस्तुहरु सुपथ मूल्यमा न्यूनतम मुनाफा राखी बिक्री वितरण गर्दै आएको छ । नेपाल सरकारले तय गरेको नीति नियम भित्र रही कर्पोरेशनले आपूर्ति र वितरणका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ । परिवर्तित राजनीतिक परिवेशमा सबै प्रदेशलाई लक्षित गरी आफ्नो कार्यक्षेत्र र सेवा बिस्तार गर्दै आर्थिक रुपमा समृद्ध नेपालको अवधारणालाई सघाउ पु¥याउने नीति लिएको छ । नेपाल सरकारबाट जनतालाई प्रदान गरिने सेवालाई आम उपभोक्ताको पहुँचमा पु¥याउन कर्पोरेशन सदैव सक्रिय रही आएको छ । सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछ । जस्तोसुकै प्राकृतिक विपत्ति वा असहज परिस्थितिमा पनि कर्पोरेशनले सरकारको नीति निर्देशन, सञ्चालक समितिको मार्ग निर्देशन तथा सक्षम एवं दक्ष जनशक्तिको माध्यमले आफ्नो सेवालाई थप बिस्तार गर्दै नेपाल सरकारको सेवालाई जनतासम्म पु¥याउन सहयोगी भूमिका निर्वाह गरेको छ । सफलता पाउँदै आएको छ ।
कर्पोरेशनको भावी योजनाहरु के के छ ?
रासायनिक मलका अतिरिक्त गहुँको बीउ प्रशोधन गरी किसान समक्ष पु¥याएको छ । हेटौँडामा बन्द अवस्थामा रहेको नेपाल बनस्पति घ्यू उद्योगमा स्थानीय किसानहरुबाट तोरी खरिद गरी निकट भविष्यमा प्रशोधित तोरीको तेल उत्पादन गर्ने लक्ष्य राखिएको छ । कृषि उत्पादन वृद्धि गरी खाद्य सुरक्षामा केही टेवा पु¥याउने उद्देश्यले जनशक्ति विकासको लागि कर्पोरेशनका कर्मचारी, रासायनिक मलका डिलर तथा किसानहरुलाई तालिम तथा अध्ययन भ्रमणको समेत सुरुवात गरिएको छ । यसै क्रममा गत वर्ष ८ जनालाई थाइल्याण्ड, ३१ जनालाई भारत तथा करिब ५०० जनालाई स्वदेशमा तालिम तथा अध्ययन भ्रमणमा पठाउनुका साथै विभिन्न स्थानमा कृषक स्तरमा तालिम समेत सञ्चालन गरिएको छ । दशैँ तिहार लगतै भारत तथा जाडोको समयमा थाइल्याण्ड तथा स्वदेशमा तालिम तथा अध्ययन भ्रंमणको तयारी भएको छ र यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने कर्पोरेशनले नीति लिएको छ ।

उखु उत्पादन र चिनी उत्पादनमा कर्पोरेशनले कसरी सहयोग पु¥याएको छ ?
बिराटनगर स्थित मोरङ्क सुगर मिल्स लिमिटेडमा कृषि औजारहरु खरिद गरी उखु खेती लगायत अन्य खेतीमा आधुनिकीकरण गरिएको छ । नेपाल भूकम्पीय जोखिमको देश भएको कारण कर्पोरेशन, एष्ललबअभि ीन्क् ग्क्ब् र निजी व्यापारीहरुको संयुक्त लगानीमा ँगतगचभ
ध्यचपक द्यगष्मिष्लन क्यगितष्यलक एखत। ीतम। मार्फत हेटौंडामा कारखाना स्थापना गरी ीन्क् प्रविधिबाट थानकोट महादेवस्थानमा एचभ भ्लनष्लभभचष्लन ज्यगकभ निर्माण थालनी गरी सकिएको र आगामी दशैँ तिहारको बीचमा यसलाई उपभोक्तामाझ ल्याउने लक्ष्य राखिएको हुँदा यसबाट आम उपभोक्ता लाभान्वित हुने विश्वास हामीले गरेका छौँ ।

रासायनिक मलको बिक्री कसरी गरिरहनु भएको छ ?
नेपाल सरकारले कर्पोरेशनलाई रासायनिक मल अनुदानमा दिएको हामीले सहजरुपमा बिक्री गरिरहेका छौँ । साथै कर्पोरेशनले पनि अनुदान बिनाको रासायनिक मल बिक्री गर्दै आएको छ । नेपाल सरकारले भन्सार छुट दिएको चिनीको आयात गरी बिक्री गर्ने काम पनि
कर्पोरेशनले गर्दै आएको छ । नेपाल सरकारले दिएका यी लगायत उपयोगी वस्तु आयात गरी बिक्री गर्न दिएको जिम्मेवारी कर्पोरेशनले सहजता पूर्वक सम्पन्न गर्दै आइरहेको छ । देशको अर्थतन्त्रमा कृषिको महत्व अंगिकार गरिँदै गएको वर्तमान सन्दर्भमा कर्पोरेशनले कृषि विकासमा योगदान पु¥याउने उद्देश्य अनुसार अनुदानित मलका अतिरिक्त आफ्नै तर्फबाट समेत गैर अनुदानित मल आयात गरी बिक्री वितरण गरेको छ ।

कर्पोरेशनले आफ्नो कारोवारको क्षेत्र कसरी विस्तार गर्दै छ ?
अहिले कर्पोरेशनको सेवा र कारोवारको क्षेत्र क्रमशः विस्तार हुँदै गएको छ । कर्पोरेशनले बिक्री बितरण गरेको गुणस्तरीय खाना पकाउने ग्याँसको बिक्री निरन्तर वृद्धि हुँदै गएको छ । विभिन्न कारण बजारमा गुणस्तरहीन अखाद्य वस्तुहरु भित्रिने तथा अनियन्त्रित मूल्य वृद्धि जस्ता समस्याहरुको समाधानमा सार्वजनिक निजी साझेदारीको रुपमा स्थापित कर्पोरेशन जस्ता संस्थाहरुको अपरिहार्यता र भूमिका अझ बढी हुने अनुभव हामीले गरेका छौँ ।
गलगाँड रोग नियन्त्रण गर्न आयोडिन युक्त नूनको बिक्री वितरणले कस्तो सहयोग पु¥याएको छ ?
सन् १९८५÷८६ को सर्वे अनुसार नेपालमा ४४.२ प्रतिशत गलगाँड रोगी रहेकोमा सन् २००७ मा नेपाल सरकार तथा भारत सरकारको सहयोगमा ल्बतष्यलब िक्गचखभथ बलम क्ष्mउबअत क्तगमथ ायच ष्यमष्लभ म्भाष्अष्भलअथ म्ष्कयचमभचक ९क्ष्म्म्० बलम ब्खबष्बिदष्ष्तिथ या ष्यमष्शभम क्बति क्ष्ल ल्भउब िको सर्वेक्षण रिपोर्ट अनुसार ०.४ प्रतिशत झरेको पाइएको छ । सन् २०१६ को नेपाल सरकारबाट भएको ल्म्ज्क् ९ल्भउब िम्झयनचबउजष्अ ज्भबतिज क्गचखभथ० सर्भे अनुसार ९४.५ प्रतिशत पाँच वर्ष मुनिका बालबालिकाले उचित मात्रामा आयोडिन भएको नूनको प्रयोग गरिरहेको पाइएको देखाइएको छ । सन् २०१६ को ल्ल्ःक् ९ल्भउब िल्बतष्यलब िःष्अचयलगतचष्भलत क्तबतगक क्गचखभथ० सर्भ े अनुसार सबै प्रकारका ननू हरुमा आयाेिडन परीक्षण गर्दा ९०.७ प्रतिशत नूनमा उचित मात्रामा आयोडिनयुक्त नून घर परिवारमा उपभोग गरिरहेको देखाइएको छ । नेपाल ग्लष्खभचकब िक्बति क्ष्यमष्शबतष्यल
को सदस्य राष्ट्र भएको हैसियतले सरकारले लिएको ग्क्क्ष् लक्ष्य (९० प्रतिशत घरपरिवारले उचित मात्रामा आयोडिन भएको नूनको प्रयोग) हासिल गर्नको लागि नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले लिइएको उद्देशय प्राप्त भएको हुँदा सो निरन्तरता दिन आवश्यक रहेको छ ।
कर्मचारीको वृत्ति विकासमा कर्पोरेशनले के कस्ता काम गर्दै छ ?
कर्पोरेशनको समृद्धि कर्मचारीहरुको प्रयासबाट हुने कुरा निश्चित छ । कर्मचारीहरुको वृत्ति विकास तथा हक हितको विषयमा व्यवस्थापन सदैव सम्वेदनशील छ भने कर्मचारीहरुबाट प्राप्त सहयोगको लागि हार्दिक धन्यवाद दिन चाहन्छु । भविष्यमा पनि सम्पूर्ण कर्मचारी साथीहरुबाट पूर्ण सहयोगको अपेक्षा गर्दछु । अन्त्यमा पुनः एकपटक सबैलाई स्वागत गर्दछु । यस वर्षको तिज, बडादशैँ, तिहार तथा छठको पूर्व सन्ध्यामा समस्त उपभोक्ता वर्गमा शुभकामना व्यक्त गर्दछु ।
आउने चाडवाडको अवसरमा कर्पोरेशनले उपभोक्तालाई के कस्तो छुट र सुविधा दिँदैछ ?
निकट भविष्यमा आउने दशैँ, तिहार र छठलाई दृष्टिगत गरी बिगत वर्षहरुमा झैँ यस वर्ष पनि नेपाल सरकारको निर्देशन अनुसार विभिन्न स्थानमा कर्पोरेशनबाट बिक्री वितरण गरिने सामानहरुको स्टल राखी सहुलियत दरमा बिक्री वितरणको कार्य गरिने छ । यसमा चिनीमा र आयोडिन नूनमा छुट दिने निर्णय भइसकेको छ । अन्य वस्तु तथा सेवाहरुमा पनि के कति छुट दिन सकिन्छ हामी होमवर्क गरिरहेका छौँ । साथै मोवाइल भ्यानबाट विभिन्न स्थानमा दैनिक उपभोग्य वस्तुहरु बिक्री वितरण गरिने छ ।