विशाल नेपालको एकीकरण को साथै राष्ट्रियताको इतिहासमा पौष महिनाको ठूलो महत्व छ

दीर्घराज प्रसाई
नेपालको अस्तित्व बचाउने हो भने इतिहासमा घटेका घटनाहरुको अध्ययन गरेर मात्र अगाडि बढ्न सकिन्छ । अन्धकारमा देशलाई फसाएर कोही पनि राष्ट्रिय राजनीतिमा सफल हुन सक्दैन । धेरैपर जानै पर्दैन । हामीले पौष महिनाको अध्ययन ग¥यौं भने मात्र पनि राष्ट्र निर्माणमा अगाडि बढ्न सजिलो हुन्छ । पौष महिनामा जन्मेका गोरखाका राजा पृथ्वीनारायण शाहले एशियामा चंकिदै गएको ब्रिटिस सम्राज्यले भारतमा आफ्नो प्रभूत्व कायम गरेर हिमवतखण्ड नेपालको भूभाग माथि पनि आँखा गाड्न थालेको अवस्थामा इष्ट इण्डिया कम्पनी (ब्रिटिस) को आक्रमणबाट बचाएर विशाल नेपालको सिर्जना गर्न सकेका थिए । विक्रम सम्वत् १८०० तिर बेलायती साम्राज्यसँग भिड्नु सजिलो थिएन । साम, दाम, दण्ड–भेदको नीति अख्तियार गरेर फिरङ्गीबाट यस क्षेत्रलाई बिटुलो हुनबाट बचाउनु नेपालीहरुको लागि गौरवमय कुरा थियो । विक्रम सम्वत्का १२ महिनाहरु मध्येको नवौं महिना ‘पौष’ का छोटा दिन र लामो रात हुन्छन् तर नेपालको पौष महिनाको अत्यन्त ठूलो महिमा छ । पौष महिनाको प्रारम्भदेखि २७ गतेसम्म नेपालको आधुनिक इतिहासको निर्माण भएको छ । आधुनिक नेपालका एकीकरणका निर्माता पृथ्वीनारायण शाहको जन्म पौष २७ गते भएको थियो । त्यस्तै पौष महिनामा नैं डुब्न लागेको नेपालको सार्वभौमसत्तालाई बचाउन राजा महेन्दबाट पौष १ गते, नेपालको ससद भङ्गगरी शासनभार ग्रहण गरेर नेपाल बचाएका थिए । पौष १ गतेको राजा महेन्द्रको कदमको स्वस्फूर्तरुपमा नेपाल अधिराज्यका जनता तथा प्रवासी नेपालीहरु समेतले खुसीयाली मनाउँदै भारतीय विस्तारवादको बिरुद्ध घर–घरमा दिपावली गरेका थिए । त्यस्तै पौष १६ गते नेपाली कांग्रेसका नेता बीपी कोइराला, वीर गणेशमान, शैलजा लगायत धेरै कांग्रेसका नेताहरु नेपाललाई भारतीय दवाबबाट मुक्त हुन नेपालको राष्ट्रियता खतरा छ भन्दै राजासँग मिलेर काम गर्न भारतबाट नेपाल फर्केका थिए । नेपालमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, राजा महेन्द्र, राजा वीरेन्द्र तथा जनताका प्रतिनिधिहरुमा बीपी कोइराला गणेशमान सिंहलाई बिर्सन सकिदैन ।
तर माओवादी जनयुद्धको नाममा गोर्खामा जन्मिएका बाबुराम भट्टराईको नेतृत्वमा भारतीय गुप्तचर संस्थाको इशारामा गोर्खा, नुवाकोट लगायत अन्य ठाउँमा स्थापित भएका राष्ट्रनिर्माताका शालीकहरु भत्काइयो । सबभन्दा दुःखको कुरा पोखरा बाटुले चौर स्थिति पृथ्वी चौकको पृथ्वीनारायण शाहको शालिक भत्काएर त्यही लखन थापाको शालिक राखियो । लखन थापाको शालिक ठडिए पछि तिनै बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि लखन थापाको शालिक आवरण गर्न गएका थिए भने बाबुराम भट्टराई कति देशद्रोही रहेछन् भन्ने बुझिन्छ । अहिले आएर बाबुराम भट्टराई त्यसबारेमा पश्चाताप गर्दा हुन् । यस्तो जगन्य अपराध गरेपछि पश्चातापको कुनै महत्व हुँदन । ब्याँसो बुढो भएर दाँत झरे पनिउसले आफ्रनो स्वभावलाई बदल्दैन भनेको जस्तै हो । गोर्खामा जन्मिएका पृथ्वनारायण शाह र त्यसपछि उनका कान्छा छोरा बहादुर शाहको नृतृत्वमा विशाल नेपालको सिर्जना हुन नसकेको भए बाबुराम भट्टराई नेपाली भएर कसरी यो हिमवतखण्ड नेपाली भएर गौरव गर्न सक्थे होलान् । त्यत्ति मात्र होइन उसले पृथ्वीनाराण शाहको शालिक राष्ट्रिय एकता दिवसको रुपमा सरकारले दिइ आएको पौष २७ गतेको सार्वजनिक बिदा समेत खारेज गराउन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषदमा गृहमन्त्री बनेका अर्का भारतीय गुप्तचर संस्थाका दलाल कृष्णप्रसाद सिटौलालाई दबाब दिएर राष्ट्रिय एकीकरणको उपहास गराए । अहिलेसम्म पौष २७ गते राष्ट्रिय एकता दिवसलाई निरन्तरता दिलाउने काम भएको छैन । तर अवका दिनमा राष्ट्र निर्माता प्रति ससम्मान गरेर राष्ट्रिय एकता दिवसलाई निरन्तरता दिलाएर सरकारले यस्ता गल्तीहरुलाई सुधार्ने काम गर्छ भन्ने हामीलाई विश्वास छ ।
नेपालमा जस्तोसुकै आन्दोलनहरु भएता पनि त्यसको मूल लक्ष हो नेपालको सार्वभौम अस्तित्वको सुदृढीकरण गर्दै राष्ट्र निर्माण सरिक हुनु । राष्ट्रिय राजनीतिमा नेपाली जनताको चासो हो । संसदीय प्रजातन्त्रको माध्यमबाट राजनीतिक स्थिरता, शान्ति–सुव्यवस्था गर्नु । यी सबै मान्यताहरुलाई अगाडि बढाउन हामीले राष्ट्र निर्माता पृथ्वीरायण शाहका महान योगदान र उनमा घटेका दैवी शक्ति र उनीबाट प्रस्तुत दिव्य उपदेशहरुलाई हामी नेपालीहरुले आत्मसाथ गर्नसक्नु पर्छ । स्मरणीय छ कि पृथ्वीनारायण शाहले विशाल नेपालको एकीकरणमा प्रेरणाको स्रोतको रुपमा आफ्नो दिव्य उपदेशमा एउटा सपनाको उल्लेख छ– ‘दुई हातमा दुई खड्ग लिएकी सात आठ बर्षकी कन्या म छेउ आइन् र मैले सोधेँ–‘ तिमी कस्की छोरी हौ भन्दा पुजारी रानाकी छोरी हुँ भनिन् र दुबै खड्ग मेरा हातमा दिइन् । खोकिलाबाट झिकी मेरो मुखसम्म ल्याई यो निल भनिन् । तिम्रो मनोकान्छे पु¥याइ दिएको छ ।’ मगर जातिकी ती कन्याले नैं राष्ट्रिय एकीकरणमा जग हाल्न उक्साएको कुराले नेपालको राष्ट्रिय एकीकरणको अभियानमा प्रारम्भमा मगर, गुरुङ, खस, ठकुरी, ब्राम्हण लगायत कामी, दमाई, सार्की आदि जातिहरुबाट सहयोग पुग्न गएको र विस्तारै सम्पूर्ण जात–जातिहरुले आत्मसाथ गरेर सहयोग गर्न पुगेका थिए ।
हिमवतखण्डका स–साना हिन्दुराज्यहरुको एकीकरण गरेर बौद्ध अन्य धर्महरु समेतको संरक्षण गर्दै पृथ्वीनारायण शाहले चन्द्र–सूर्य अंकित झण्डा फहराएर हिमवत्खण्ड नेपालको मौलिकतालाई जीवन्त राखेकाले आज हामी विश्वमा सगौरव नेपाली भएर चिनिन पाएका छौं । यसरी पौष महिनामा जन्मिएका पृथ्वीनारायण शाहलाई बिर्सने सकिदैन । पौष महिनामा सबैभन्दा छोटा दिन हुन्छन्, जाडो त्यत्ति कै हुन्छ, त्यही महिना नेपालको राष्ट्रियताको इतिहासमा पृथ्वीनारायण शाह, पौष १ गतेको राजा महेन्दबाट गरिएको परिवर्तन, पौष १४ गते देशभक्त राजा वीरेन्द्रको जन्मदिन, त्यही पौष महिनाको १६ गते भारतमा निर्वासित रहेका नेपाली कांग्रेसका नेता बीपी कोइराला, गणेशमान सिंह, केवी गुरुङ, खुमबहादुर खड्का, रामबाबु प्रसाईहरु त्रिभूवन विमानस्थलबाट राष्ट्रिय सहमतिको नारा लिएर राजासंग समझदारी राखेर देशमा प्रजातन्त्रलाई दिगो रुप दिलाउन आएका थिए ।
नेपालको इतिहासमा वि.संं २०१७ साल पौष १ गते राजा महेन्द्रबाट जुन कदम चालियो झट्ट हेर्दा विवादस्पद लागेता पनि पछिका दिनको अध्ययन गर्दा त्यो घटना समृद्ध, सार्वभौम नेपाल र नेपाली जनताको सुख समृद्धिको लागि नैं थियो भन्ने स्पष्ट हुन्छ । २०१७ सालको घटना झट्ट हेर्दा नेपाली कांग्रेसको सत्ता समाप्त गर्न निर्वाचित संसद भङ्ग गरिएको देखिएता पनि वास्तवमा त्यो घटना भारतीय हस्तक्षपबाट नेपाललाई बचाउनु थियो । २०१७ साल अगाडि विदेशीहरु नेपालको जग्गा–जमीन खरिद गर्न स्वतन्त्र थिए । २०१८ सालमा राजा महेन्द्रबाट कुनै पनि बिदेशीलाई नेपालको भूमि खरिद गर्न रोक लगाइयो । नेपालको एक जिल्लाबाट अर्को जिल्ला जान भारतकै बाटोबाट हिड्नु पर्ने वाध्यता थियो । राजा महेन्द्रबाट २०१८ सालमा पूर्व–पश्चिम राजमार्गको गैडाकोटमा शिलान्यास गरेर भारतीय पीडाबाट मुक्त गराउने काम भयो । नेपाली भाषालाई अधिराज्य भर राष्ट्र भाषामा निरन्तरता दिलाइयो । २०१७ साल अगाडि ९० प्रतिशत भारतीय मुद्रा मात्रको चलन चल्तीमा थियो र त्यसलाई हटाई नेपाली मुद्रालाई अनिवार्य प्रचलनमा निरन्तरता गराएर स्वाभिमान कायम गरियो । नेपालको सुरक्षार्थ बसेको भारतीय फौजलाई बीना सर्त राजा महेन्द्रबाट धपाउने काम भयो ।
दक्षिण भारतका साम्राज्य जमाएको इष्ट इण्डिया कम्पनीले खान लागेको अवस्थामा गोार्खाका राजा पृथ्वीनारायण शाह र उनीपछि उनका कान्छा छोरा बहादुर शाहको नेतृत्वमा हिमवतखण्डका लगभग ५४ जति हिन्दु राज्यहरु एकीकरण राष्ट्रिय एकीकरणको बेलादेखि स्थापित हिन्दू अधिराज्यलाई संविधानमा उल्लेख गरेर राजा महेन्द्रबाट भारत र विश्वभरका हिन्दुहरुको मनोवल उठाएर नेपालको प्रतिष्ठा बढाउने काम गरेका थिए । असंलग्न परराष्ट्र नीतिको सिद्धान्त अवलम्वन गरेर संयुक्त राष्ट्र संघ जस्ता ठाँउमा नेपालको अगुवाई गराएका, चीनका शक्तिशाली नेता माउत्से तुङ र भारतका शक्तिशाली प्रधानमन्त्री जवाहरलाल नेहरु यी दुबैसँग सन्तुलित मित्रता कायम गरका, आर्थिक रुपमा नेपाललाई समृद्ध बनाउन ५० भन्दा बढी उद्योग र जनतालाई प्रत्यक्ष लाभ हुने संस्थानहरु स्थापित गराएका, शिक्षा, स्वस्थ्य, यातायात,बाटोघाटोको निर्माण, सिंचाई, विद्युत जस्ता आधारभूत आवश्यकता परिपूर्ति र २०२० साल भाद्र १ गते नयाँ मुलुकी ऐन घोषणा गरी छुवाछुद, जातिभेद र लिङ्ग–भेदको नीति तोड्ने अथक प्रयत्न गरेका र २०२१ सालमा भूमिसुधार ऐन घोषणा गर्दै बीना रक्तपात जमिन्दारी प्रथा, बिर्ता उन्मुलन गर्दै जग्गा जोत्ने मोहीहरुको अधिकार सुरक्षित गराएकाले पौष १ गतेको परिवर्तनलाई नेपालको राष्ट्रिय राजनीतिमा ठूलो अध्यायको रुपमा चित्रित छ । वास्तवमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहपछि राजा महेन्द्र राजा महेन्द्रले नेपालको राष्ट्रियतालाई सुदृढ गराउने काम गरेका उपलब्धिहरुलाई प्रतिशोध राखि रहनु हुन्न । ।
त्यस्तै देशभक्त राजा वीरेन्द्रको जन्म पौष १४ गते भएको थियो । राजा महेन्द्रबाट संविधानमा निरन्तरता दिएको हिन्दु अधिराज्य र राजा वीरेन्द्रको नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव नेपालको प्रतिष्ठा र सुरक्षा अवधारणा भित्रका मान्यता हुन् । राजा वीरेन्द्रबाट नेपालको प्रजातान्त्रिक मूल्य र मान्यताको समर्थन गर्दै देश निर्माणमा प्रत्यक्षरुपमा जनताको सहभागिता गराएर देशव्यापी भ्रमण गरेर हर क्षेलाई उत्पे्ररित गराउने काम गरेका थिए । पौष १ गतेको काण्डबाट राजा महेन्द्रसँग प्रतिशोध राख्निे बीपी कोइरालालाई राजदरबारमा बोलाएर डाक्टरको सल्लाहमा औषधी उपचारको लागि खर्चको व्यवस्था गरेर अमेरिका पठाउने काम गरेको थियो । राजा वीरेन्द्रबाट राज्यको राजनीतिक व्यवस्थाको छनौटको लागि जनमत संग्रह गरेर विश्वमा नेपालका राजाहरुको प्रजातान्त्रिक छवि देखाउँदै नेपालका हिमाल, पहाड र तराईमा ठाउँ हेरेर विकास र निर्माणमा ठूलो भूमिका खेलेका थिए । त्यस्तै भारतमा निर्वासनमा रहेका बीपी कोइराला, गणेशमान सिंह लगायत कांगे्रसका नेताहरु पौष १६ मा राजासँग मिलेर काम गर्ने सर्तमा राष्ट्रिय सहमतिको नारा लिएर नेपाल फर्केको बेला हो । सिक्किम भारतमा विलय भएपछि नेपालको राष्ट्रियता माथि पनि खतरा देखेर नेपाल फर्केको बेलादेखि नेपालको प्रजातान्त्रिक मामिलामा बीपी कोइराला स्मरणीय बनेका छन् । तर दुःखको कुरा छ कि बीपीका विचार उहाँका भाइ गिरिजाले २०६३ सालपछि भारतीय कांग्रेस (आई) को इशारामा विस्थापित गर्ने काम गरे । तापनि बीपी कोइरालाका विचारलाई नेपाली समाजले बिर्सिने छैन । बीपीका भाइ गिरिजाप्रसादले बीपी कोइरालाका विचारलाई गणतन्त्र, धर्मनिरपेक्षको समर्थनमा लागेर रछयानमा फाले । त्यो बेलादेखि नेपालको राजनीतिमा कांग्रेस अस्ताएको छ । अव नेपाली कांग्रेस नेपालको राजनीतिमा फेरि प्रभाव जमाउन चहान्छ भने बीपी कोइराला किन २०३३ सालमा राष्ट्रिय सहमतिको नारा लिएर नेपालमा फर्के भन्ने कुरा बुझ्नु पर्छ ।
तर अराजकत्तालाई संस्थागत गराउँदै विदेशीको पोल्टामा देशको अस्मिता सुम्पने कुकर्म २०६३ सालको जनआन्दोलनको नाममा भएकाले यसको बिरुद्ध सम्पूर्ण नेपालीहरु उठ्नुपर्छ । हरेक कुरामा वैधानिकता चाहिन्छ । जवरजस्ती विदेशीको नीति लाध्न खोजेर कसैको पनि जीत हुँदैन । पश्चिमाहरु त विश्वको एकमात्र हिन्दु अधिराज्यलाई विस्थापित गरेर इसाई साम्राज्य स्थापित गर्न चहान्छन् । त्सैको लागि उनीहरुलाई धर्मनिरपेक्ष, गणतन्त्र घोषणा गराउन यहाँका दलाल पार्टीका नेताहरुलाई प्रयोग गरेका हुन् । नेपालका पार्टीका नेताहरुले राष्ट्रका स्थापित मान्यताको संरक्षणार्थ नेतृत्वको भूमिका प्रदान गर्नु पर्नेमा भत्काउने मात्र कुकर्म गरे । नेपाली कांग्रेसका गिरिजाप्रसाद, शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौला, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, प्रचण्डहरु जस्ता १०÷१५ जना मात्र नेपालका कथित बाहुन नेताहरुको गलत नेतृत्वका कारणले नेपाल खतरनाक मोडमा पुगेको छ । कांग्रेस र एमालेका केही पदलोलुपहरुबाट माओवादी र मदेसीहरुलाई उचालेर नेपालको अस्तित्व माथि खेडवाड गर्ने जुन प्रयत्न भइरहेको छ, जुन अत्यन्त निन्दनीय छ । कांग्रेस र एमाले र माओवादीभित्र पनि राष्ट्रवादी होलान् । अव उनीहरुले आफ्नो नेताहरुलाई कठघरामा उभ्याउन सक्रिय भूमिका खेल्न सक्नु पर्छ ।
२०६३ सालपछि नेपालका नेताहरु यो अखण्ड नेपालमा अनेकतामा एकताको नीति स्थापित भएको देशमा जातीय राज्य स्थापित गर्न सक्रिय भएर लागेका छन् । पृथ्वीनारायण शाह भन्दा अगाडि कहाँ थियो नेवार राज्य, मगर, गुरुङ, तामाङ, थारु, मैथिली, भोजपुरी, अवधी, किरात, लिम्बु, बाहुन, क्षेत्री, कामी, दमाई आदि इत्यादिहरुको राज्य ? गोर्खा एउटा राज्य थियो । काठमाडौं, ललितपुर, भक्तपुर राज्य थिए । सेनबंशी, बाइसी, चौबिसी राज्य थिए । गोर्खा, सेनवंशी, बाइसी, चौबीसी राज्यमा नेपाली भाषा र विक्रम सम्वत् चलन चल्तीमा थियो । काठमाडौं उपत्यका भित्र नेवारी भाषा र गैर–नेवारहरुमा नेपाली भाषाबाटै लेखापढी गरिन्थ्यो । पल्लो किरात– लिम्बु राईहरुलाई पृथ्वीनारायण शाहका प्रतिनिधिहरुले गरि दिएका कागजहरुमा पनि नेपाली भाषाबाटै लेखिएका पत्रहरु छन् । लिम्बु र राई भाषा समेत साक्षी राखिएका थिएनन् । नेपाली भाषा पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि गंगासम्म ब्यापक भइसके कै कारणले अरु भाषा साक्षी राखेको प्रमाण भेटिन्न । नेपालमा हामी अनादिवासी, आदिवासी र आप्रवासी तीन प्रकारका बासिन्दाहरु बसोबास गर्दै आएका छौं । ब्रामण, क्षेत्री, केही नेवारहरु, तराईका मिथिलाबासी, अवधीहरु ब्रामण, क्षेत्री अनादिवासीहरु हुन् । मगर, गुरुङ, तामाङ, थकाली, राई, लिम्बु, शेर्पा, राजबंशी, थारु, धिमाल आदि आदिवासीहरु हुन् । अनादिवासी र आदिवासीहरु बीच झगडा गराएर नेपालीहरुको एकतालाई कमजोर बनाउनेहरु परचक्रीहरु पनि त्यत्तिकै सक्रिय छन् । त्यसैले हामी को हौं, हाम्रो उठान कहाँबाट भएको हो त्यसको लेखाजोखा नगरी नेपालीहरुको एकतामा भाँजो हाल्ने कार्य केही बर्षदेखि भइरहेको छ । नेपालमा बसोबासो ब्यापार गर्दै आएका माडवाडी र बंगाली पनि आप्रबासी हुन् । यिनीहरुबाट पनि नेपाललाई नोक्सान पु¥याउने काम भएको छैन । तराईमा नेपालको पूर्वदेखि पश्चिमसम्म आदिकालदेखि थारुहरुको बसोबासो छ । कोशी पश्चिमका तराई जिल्लाहरुमा राजबंशीको बसोबास छ । थारु र राजवंशीहरु नेपालका सच्चा देशभक्त हुन् ।
पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरण गर्नुभन्दा अगाडि तराईमा सेनबंशी हिन्दुपति राजाहरुको शासन थियो । पाल्पा लगायत मकवानपुर हुँदै टिष्टासम्म सेनबंशीहरुको राज्य थियो । सेनबंशी राजाहरुको समयमा तराईमा नेपाली भाषा र विक्रम सम्वत् चलन चल्तीमा थियो । पृथ्वीनारायण शाहको एकीकरण भन्दा अगाडि तराईमा सेनबंशीहरुको शासनकालमा मधेस भन्ने कुनै नाम निसान थिएन । दक्षिणतर्फबाट नेपालमा छिरेका जातिहरु मघेसी हुन् । तराई क्षेत्रमा मधेस नामको कुनै गाऊँ छैन, जिल्ला छैन । आफूलाई मधेसी भन्नेहरु यहाँका आदिबासी होइनन् । यसरी जातीय राज्यको माग गरी स्थानीय, जातीय भाषाहरुलाई पनि सरकारी भाषा सरह चलाउने माग गर्नु राष्ट्र विखण्डनको कुरा हो । अंग्रेजले खान खोजेको बेलामा संगठित भएर पृथ्वीनारायण शाहको महान एकीकरणको महायज्ञमा समाहित भएपछि अनेकतामा एकता स्थापित भइसकेपछि जातीय राज्यहरु स्थापित गर्न खोज्नु अराष्ट्रियता हो । सहमति, र सहअस्तित्वको भावना प्रजातन्त्रको पूँजी हो, उदण्डता होइन । कथित लोकतन्त्रको नाममा देश बेच्ने काम भइरहेको छ । देश डुबाउन अधिनायकवादी सोच लिएर हिडने अधिकार कसैलाई छैन । विश्वसनीयता गुमाइसकेका नेताहरु अव राष्ट्रिय राजनीतिबाट लखेटनु पर्छ । राष्ट्रियताको पटक्कै महसूस नभएका पार्टीका नेताहरुलाई सम्झाएर केही हुने वाला छैन । कागलाई नुहाएर सेतो हुँदैन । अतः अव पृथ्वीनारायण शाहका दिव्यउपदेशहरुलाई आधार मानेर राजा महेन्द्रका राष्ट्रवाद र बीपीको प्रजातान्त्रिक समाजवाद बिचमा समन्वय र सन्तुलन गरेर अगाडि बढ्न सक्नुपर्दछ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, राजा महेन्द्र, राजा वीरेन्द्र, प्रजातान्त्रिक नेता बीपी कोइराला, गणेशमान सिंह लगायत राष्ट्रनिर्माता र सबै योद्धाहरुको योगदान पौष महिनामा केन्द्रीत भएकाले ती सबै व्यक्तित्वहरुको विचार साकार गराउन हामी सबै पक्षका नेपालीहरुको सकारात्मक सोच हुनु पर्दछ । यसको लागि हामी कसैले पनि पूर्वाग्रह नराखी राष्ट्र निर्माणमा अगाडि बढ्न समर्पण देखाऔं ।  [email protected]

” style=”background-image: none; background-repeat: no-repeat; background-position: right top; display: inline-block; margin: 0px; height: auto; width: auto; padding: 0px; line-height: 1; vertical-align: bottom; border: 0px; text-indent: 0px; text-align: center;”>