राष्ट्र निर्माता पृथ्वीनारायण शाहको विशाल नेपाल निर्माणमा बिर्सन नसकिने योगदानहरु


–दीर्घराज प्रसाई
विशाल–नेपाल साम्राज्यवादी शक्तिसँग भिडेर स्थापित भएको राष्ट्र हो । हिमवतखण्ड ऋषिमुनीहरुको तपभूमि, वेद, पुराण तथा नितिशास्त्रको उद्गम स्थल हो । हिमवतखण्डमा नेपालको एकीकरण हुनु भन्दा अगाडि नेपालमा स–साना धेरै हिन्दु राज्यहरु थिए । इष्ट इण्डिया कम्पनीले भारतमा आफ्नो प्रभूत्व जमाउन थालेको अवस्था थियो र हिमवत्खण्ड नेपालका हिन्दु राज्यहरु समेत सुरक्षित हुने अवस्था थिएन । तर गोर्खामा नैं जन्मिएका नेपाली नागरिक बाबुराम भट्टराई जस्तोको पनि जन्म भयो । उनले पृथ्वीनायण शाहलाई वदनाम गर्न माओवादी कथित जनयुद्धको नाममा बाबुराम भट्टराईको नेतृत्वमा भारतीय गुप्तचर संस्थाको इशारामा गोर्खा, नुवाकोट लगायत अन्य ठाउँमा स्थापित भएका राष्ट्रनिर्माताका शालिकहरु भत्काइयो । सबभन्दा दुःखको कुरा पोखरा बाटुले चौर स्थिति पृथ्वी चौकको पृथ्वीनारायण शाहको शालिक भत्काएर त्यही लखन थापाको शालिक राखियो । लखन थापाको शालिक ठडिएपछि तिनै बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि लखन थापाको शालिक आवरण गर्न गएका थिए भने बाबुराम भट्टराई कति देशद्रोही रहेछन् ? यस्ता कपुतहरुको बास जेलमा हुनुपर्नेमा अझसम्म नेपालको राजनीतितमा कालो मुख देखाउँदै सक्रिय हुन खोजेको देख्दा धिक्कार्न मन लाग्छ । अहिले आएर पश्चाताप गर्दा हुन् । यस्तो जगन्य अपराध गरेपछि पश्चातापको कुनै महत्व हुँदन । ब्याँसो बुढो भएर दाँत झरे पनि उसले आफ्रनो स्वभावलाई बदल्दैन भनेको जस्तै हो । त्यत्ति मात्र होइन, भारतीय कांग्रेस (आई)को आर्थिक सहयोग र गुप्तचर संस्था ‘रअ’ को निर्देशनमा भएको आन्दोलनले रक्तपातको स्थिति देखिन थाल्यो । तिनै बाबुराम भट्टराईले लेखे–‘पृथ्वीनारायण शाहले सामान्ती राज्य सुरु गरे । पृथ्वीनारायण शाहले धार्मिक आधारमा खस आर्यहरुलाई माथिल्लो जातको मान्ने र अरु जातहरुलाइृ तल्लोजातका मान्ने गर्थे । पृथ्वीनारायण शाहले निर्माण गरेको राज्य वर्गीय र जातीय उत्पिडनमा आधारित थियो’ भन्दै राष्ट्र निर्माताको विरुद्ध बिष वमन गर्दै आएका छन् । यिनै भट्टराईले कथित जनयुद्धको बेला पृथ्वीनारायण शाहको शालिक भत्काउने अभियान चलाए । जनआन्दोलन बिसर्जन भएपछि पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस नमान्न गृहमन्त्रीलाई दबाब दिएका थिए । पृथ्वीनारायण शाहले उपत्यका विजय गरिसकेपछि यहाँबाट हिन्दु अस्मिता समाप्त गर्ने इसाईहरुलाई धपाएका थिए । तत्कालीन माओवादी नेता बाबुराम भट्टराई समेत इसाई भएकाले हुन सक्छ त्यही डाहाले उनले पृथ्वीनारायण शाहप्रति आक्रेशित भएका थिए ।
जनआन्दोलनको अगाडि अगाडि तोडफोड गर्दै हिड्ने सबै बाबुरामका समर्थक क्रिस्चियनहरु थिए । त्यो बेला रक्तपातबाट देशलाई जोगाउन २०६३ साल बैशाख ११ गते राजा ज्ञानेन्द्रबाट समझदारीमा आन्दोलन बिसर्जन भएपछि तिनै कपुतल ‘रअ’ कै दबाबमा गृहमन्त्री बनेका गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीत्व कालका गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई दबाव दिए र राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती खारेज गराए । राष्ट्र निर्माण गरेर विशाल नेपालको सिर्जना गर्ने पृथ्वीनारायण शाहलाई बुझ्न नसक्ने बाबुराम भट्टराई आफूले गरेका जगन्य अपराधहरुबाट बाच्न क्षमा याचना गरेर हिडेको भए पनि भैगो यस्ता राष्ट्रघातीहरु आफै किनारा लाग्छन् भनेर चित्त बुझाउने बाटो हुन्थ्यो । के बाबुराम भट्टराई क्याथोलकि क्रिचियन हुँदैमा राष्ट्र निर्माण गर्ने महान व्यक्ति प्रति आक्रोशित हुनुपर्ने हो र ? त्यसैले यस्तो पाप गर्ने बाबुराम भट्टराईलाई जति नैं सजाय दिए पनि कम हुँदेन । के कुनै क्रान्तिको नाममा राष्ट्र निर्माताहरुलाई विस्थापित गर्ने हो र ? त्यसैले बाबुरामलाई हामी नेपालीहरुले चौतर्फीरुपमा बहिस्कार गर्नुृपर्छ । यस्ता देशद्रोहीहरु राष्ट्रिय राजनीतिमा सक्रिय रहि रहे भने नेपालको भविष्य अन्धकार हुनेछ । घरमा आगो लगाउने धेरै चाहिदैन । बाबुराम भट्टराईले नेपाललाई इसाईकरण गर्न अनेकौं षडयन्त्र गरिरहेका छन् । उनले संविधानसभाबाट निर्मित २०७२ साल असोज ३ गते १६९ बर्ष अगाडि कोतपर्वको दिन घोषित राष्ट्रघाती संविधानको निर्माणको बेला धर्मडुक गरेर धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता लाध्न सफल भए । अरु कांग्रेस, एमाले लगायतका माओवादीहरु सबैलाई भारतीय कांग्रेस (आई)ले र गुप्तचर संस्था ‘रअ’ ले आफ्रनो भरिया बनाइ सकेको अवस्थामा बाबुराम भट्टराईले जे भने पनि लागु हुने स्थिति थियो । त्यत्तिमात्र होइन, बाबुराम यूरोपका इसाई राष्ट्रहरुको पनि प्रिय रहेछन् । त्यसो भएकाले उक्त राष्ट्रघाती संविधानमा, बाबुराम भट्टराई इस्वी सम्वत् राख्न चाहाएका रहेछन्, तर विक्रम सम्वत् नराख्ने हो भने इस्वी सम्वत् राख्न अरुहरुले नमाने पछि मिति संविधानमा मिति नैं उल्लेख छैन । स्मरणय छ कि हालै पनि बाबुराम भट्टराईले नेपालको राष्ट्रिय सम्वत्मा इस्वी सम्वत् कायम गर्नुपर्छ भनी बोलेको सञ्चार माध्यमहरुले पनि उल्लेख गरेका छन् । त्यसैले बाबुराम भट्टराईको जति नैं निन्दा गरे पनि कम हुन्छ ।
बाबुराम भट्टराईले पृथ्वीनारायण शाह को थिए । उनले यो देश निर्माणमा के कस्ता योगदान गरेका थिए भन्ने कुरा राष्ट्रघातको रुपमा पतति बाबुराम भट्टराईले पढून् । गोर्खामा जन्मिएका पृथ्वनारायण शाह र त्यसपछि उनका कान्छा छोरा बहादुर शाहको नेतृत्वमा विशाल नेपालको सिर्जना हुन नसकेको भए बाबुराम भट्टराई नेपाली भएर कसरी यो हिमवतखण्ड नेपाली भएर गौरव गर्न सक्थे होलान् । त्यत्ति मात्र होइन उसले पृथ्वीनाराण शाहको शालिक राष्ट्रिय एकता दिवसको रुपमा सरकारले दिइ आएको पौष २७ गतेको सार्वजनिक बिदा समेत खारेज गराउन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषदमा गृह मन्त्री बनेका अर्का भारतीय गुप्तचर संस्थाका दलाल कृष्णप्रसाद सिटौलालाई दबाब दिएर राष्ट्रिय एकीकरणको उपहास गराए । अहिलेसम्म पौष २७ गते राष्ट्रिय एकता दिवसलाई निरन्तरता दिलाउने काम भएको छैन । तर अवका दिनमा राष्ट्र निर्माताप्रति ससम्मान गरेर राष्ट्रिय एकता दिवसलाई निरन्तरता दिलाएर सरकारले यस्ता गल्तीहरुलाई सुधार्ने काम गर्छ भन्ने हामीलाई विश्वास छ ।
यस क्षेत्रमा एक अवतारको जन्म भयो । तिनै अवतार गोर्खाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा यस क्षेत्रका स–साना हिन्दु राज्यहरुलाई एकीकरण भएर स्थापित भयो–संयुक्त हिन्दु अधिराज्य नेपाल । भारत बर्षमा मुसलमान र अंग्रेसको साम्राज्यवाट तहस नहस पारिएको हिन्दु अस्मिता बटुलिइसकेको अवस्थामा हिमवतखण्डका स–साना हिन्दु राज्यहरु एकीकृत भएर नेपाल विश्वको एक मात्र हिन्दु अधिराज्यको रुपमा देखाप¥यो । यही नैं गौरवको कुरा भयो भारत बर्ष लगायत संसार भरका हिन्दुहरु तथा विश्वभर छरिएर रहेका नेपालीहरुको लागि । मननीय कुरा छ कि भारत बर्षलाई हिन्दुस्थान भन्नु भन्दा पहिला नैं विक्रम सम्वत् १८०० तिर पृथ्वीनारायण शाहले नेपाललाई ‘असली हिन्दुस्थाना’ भनेका थिए । भारत बर्षमा मुसलमान र अंग्रेजहरुले आक्रमण गरेर एकीकृत भएका कैयौं राज्यहरुका बासिन्दाहरु धेरै हिन्दु भएकाले अंग्रेजहरुले हिन्दुहरुको बसोबासो भएको देशलाई हिन्दुस्थान भनेपछि मात्र भारतलाई ‘हिन्दुस्थान’ भन्न थालिएको हो । तर कुनै आक्रमणकारीहरुबाट बिटुलो नभएको जन्मदैको पबित्र हिन्दुस्थल हो यो ‘हिन्दु अधिराज्य नेपाल ।’
नेपालको एकीकरण हुन भन्दा अगाडि विश्वका धेरै देशहरु कोही टुक्रिएका, कोही उपनिवेसको पञ्जामा परेका थिए । तर हिमवतखण्डका ५४ जति हिन्दु राज्यहरुको अस्मिता सुरक्षित रहिरह्यो । पूर्वमा ब्रम्हपुत्र, पश्चिममा हिन्दुकुश, उत्तर कैलास मानसरोवर र दक्षिण गंगासम्मको भूभाग हो । गंगादेखि हिन्दु महासागरसम्मको क्षेत्र भरत खण्ड हो । भरत खण्डका हिन्दु राज्यहरुलाई अंगै्रजी साम्राज्यले खाईसकेको थियो । यो देवभूमिमा पनि त्यो बेलामा शक्तिशाली बेलायती साम्राज्यको आँखा परिसकेको थियो । पृथ्वीनारायण शाह जस्तो सपूत यस क्षेत्रमा नजम्एिका भए यो क्षेत्रको अस्मिता उसै बेला गुमिसक्ने स्थिति थियो । यस क्षेत्रका धेरै राज्यहरु हिन्दु भएकाले र नेपाली भाषा सबै राज्यको अन्तरदेशीय भाषा भएकाले पृथ्वीनारायण शाहलाई विशाल नेपालको एकीकरण गर्न सजिलो भएको थियो । नेपालको एकीकरण हुनुभन्दा अगाडि नेपाली भाषा अनेकौं जातीय भाषाहरुको बीचमा अन्तर भाषाको रुपमा व्यापक भइसकेकाले सबै नेपालीहरुको साझा भाषाको रुपमा राज्यको सरकारी भाषाको रुपमा स्वतः रुपान्तर हुँदा नेपालको राष्ट्र्यि एकतामा थप बल पुग्न गएको सबै जाति र समूहले आत्मसाथ गरेका थिए ।
पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरणको सन्दर्भमा यसक्षेत्रका तमाम हिन्दु–बौद्धहरुलाई फिरङ्गीहरुको बिरुद्ध संगठित गराउन गोरखनाथबाट कानफट्टा योगीहरु राती राती भूतप्रेत भगाउन फेरी लगाउने चौतर्फी खटाएको थियो । कानफट्टा योगीहरुले त्यस बेला शंकास्पद फिरङ्गी र अन्य विदेशी गुप्तचरहरुको कही कतै सक्रियता भेटेमा गोर्खाका राजालाई जाहेर गर्ने गर्थे । फेरी लगाउने परम्परा अध्यावधि पूर्वमा ब्रम्हपुत्र र पश्चिममा काँगडासम्म कायम नैं छ । घर घरबाट हरेक नरनारीहरुमा सैनिक शक्ति जागरण होस् भन्नका लागि खाँडो जगाउने अभियानको थालनी भएको थियो । खाँडोलाई राष्ट्रिय गानको रुपमा मेला वा अन्य जागृत स्थल लगायत बिवाहहरुमा कण्ठस्त पाठ गर्ने गरिन्थ्यो । ‘स्वस्ती श्री श्री श्री श्री श्री गगन गिरिराज चक्रचूडामणि नरनारायणेत्यादि विविध विरुदावली विराजमान मानोन्नत श्री श्री श्री ५ महाराजाधिराज नेपाल सरकारका प्रतापले श्री मनमहाराजाधिराज पृथ्वीनारायण शाह नेपाल जित्न भनी चले, राना–मगर, गुरुङ, कुवर, पाध्ये, बोहोरा, अर्याल, प्रसाई, खनाल, पाँडे, भूसाल आदि साथमा चले ………. भोट, दिल्ली, किल्ला–काँगडा, लंका–पलंकामा चल्दै श्री पशुपतिनाथ, गुह्यकालीसँग जीतबाजी मागे । उँधो गंगाको साँध, टिष्टामा गई खाँडो पखाली, बैरीको टाउकोमा खुँडा बजारे टवाक् ! टवाक् !! टवाक् !!! श्री पशुपति, गुहेश्वरी, गोरखानाथ, मच्छेन्द्रनाथ, भैरवनाथ, दक्षिणकाली, बज्रयोगिनी, चार नारायण, नवदुर्गा भगवतीको शरण पाई बैरीले छोडे प्राण । बैरीको टाउकोमा खुँडा बजारे टवाक् ! टवाक् !! टवाक् !!!’ यो त्यस बेलाको विजय गान थियो । यो पनि अध्यावधि नेपालीहरुले बिवाहको शुभ लगनको बेलामा यसरी खाँडो जगाइन्छ
‘मेरा साना दुःखले अज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया’ भन्ने पृथ्वीनारायण शाहको दिव्य उपदेशले सम्पूर्ण नेपालीहरुलाई उत्प्ररित गराइरहेको छ । पृथ्वीनारायण शाहले उत्तरमा ठूलो राष्ट्र चीन र दक्षिणमा ठूलोको बीचमा कस्तो कुटनीति अवलम्वन गर्नुपर्छ भन्ने कुरा राम्ररी बुझेर भनेका थिए– ‘यो राज्य दुई ढुङ्गाको तरुल जस्तो रहेछ । चीनको बादशाहसँग ठूलो घाहा (राम्रो सम्वन्ध) राख्नु, दक्षिणको समुन्द्रको वादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ । देशका महाजनहरु हाम्रा मुलुकमा आया भन्या दुनियाँ कंगाल गरी छाड्छन्’ भन्ने पृथ्वीनारायण शाहको कति दुर्दर्शी थिए भन्ने कुरा अहिले छिमेकीहरुको चलखेलबाट स्पष्ट छ । पृथ्वीनारायण शाहले सूर्य र चन्द्रमाको झण्डा फहराएर टुक्रा टुक्रामा विभाजित हिमवत्खण्ड नेपालको एकीकरण गरेर यस क्षेत्रको मौलिकतालाई जोगाउने काम गरेका थिए । राष्ट्रिय एकीकरणको अभियानमा काठमाण्डौं उपत्यका विजयपछि सिंहसानमा आसिन हुनुभन्दा पहिला शाक्य बौद्धवंशकी जीवित कुमारीको हातको टिका लगाएर कुमारीको पाउमा ढोग गरेर मात्र पृथ्वीनारायण शाहले राजसिंहासनमा बसेका थिए । यस कुराले नेपाल अधिराज्यका सम्पूृर्ण धर्म, जाति र यस क्षेत्रको परम्परालाई शिरोधर गर्न सकेका थिए ।
काठमाण्डौं उपत्यकामा भक्तपुर र कान्तिपुरमा जयप्रकाश मल्लको समयमा अंग्रेजको दूत भएर इशाई धर्मको प्रचार गर्ने पादरीहरु रहेका थिए । कीर्तिपुर विजय गर्ने अभियानको सन्दर्भमा काजी कालु पाण्डेको लडाईमा मारिए । लडाईमा पृथ्वीनारायण शाहका भाई शुरप्रताप शाहको आँखा फुटेको अवस्थामा पृथ्वीनाराण शाहले कान्तिपुरमा रहेका इसाई डाक्टरले शुरप्रताप शाहको आँखामा दबाई मूलो गरेका गरे । त्यो बेलासम्म पृथ्वीनारायण शाह इसाईसँग आक्रोशित थिएनन् । गोर्खाले कीर्तिपुरमा विजय गरेपछि इसाई पादरीले जयप्रकाश मल्ललाई भारतबाट अंग्रेज फौजको सहयोग माग्ने र पृथ्वीनारायण शाहलाई कीर्तिपुरबाटै हराउनको लागि सल्लाह दिएर सो अनुरुप पादरीको सक्रियतामा २४ अंग्रेजी फौज कर्नेल किलोकको नेतृत्वमा सिन्धुलीगढीबाट आउन लागेको मुगिटारका रामचन्द्र प्रसाईले (प्राचीन नेपाल पुरातत्व विभाग– मोहन खलालको लेखाई अनुसार) कीर्तिपुरमा पृथ्वीनारायण शाहलाई पत्र लेखी पठाएको आधारमा पृथ्वीनारायण शाहबाट सेनापति रामचन्द्र कुँवर, बंश पाण्डे, जयनारायण मगर लगायत केही आर्थिक सहयोगका साथ केही योद्धाहरु पनि सिन्धुली गढीमा पठाएपछि गोर्खाली फौजले अंग्रेज फौजहरु माथि आक्रमण गरे र जसमा २४ सयमा १६ सय मरे र अरु भागे । यसरी आफ्नो राष्ट्रिय एकीकरणको महानयक्षलाई अगाडि बढ्न नदिएर इसाई पादरीले जयप्रकाश मल्ल मार्फत यस क्षेत्रमा इसाईको पहुँच बढाउने षडयन्त्रबाट पृथ्वीनारायण शाह अत्यन्त सशंकित भए ।
पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरेपछि कान्तिपुरमा रहेको इसाई पादरीले जयप्रकाश मल्ललाई क्रिस्चियन धर्म प्रचारक केपुचीन पादरीलाई यहाँबाट धपाएर चर्चलाई सेनाले घोडाको त्यो बेलामा प्रयोग गरेकाले त्यही रीसले पृथ्वीनारायण शाहलाई वद्नाम गर्न पृथ्वीनारायण शाहले कीर्तिपुरेहरुको १७ धार्नी नाक काटेका थिए भनेर केपुचीन पादरीलाई उल्लेख गरेर अंगे्रजी लेखक कर्कपेटिकले झुटा र कपोलकल्पित कुराहरु लेख्ने काम गरेका थिए । त्यसबेला पृथ्वीनारायण शाह नुवाकोटमा रहेका र त्यसरी नाक काट्ने आदेश दिएका थिएनन् । १७ धार्नी नाक काट्दा कति जनसंख्या चाहिन्छ भन्ने कुराको सोचाई नगरी अंग्रेजहरुले झूठा हावा फिँजाउने दुस्प्रचार गरेका थिए । आफ्नो मातहतमा आएका जनताको संरक्षण गर्नु पृथ्वीनारायण शाहको नीति नैं थियो । त्यसबेला पृथ्वीनारायण शाह नुवाकोटमा रहेका थिए । पृथ्वीनारायण शाहका व्यवहार हेर्दा एक मानववादी जनप्रिय राजा भएकाले त्यसरी आतताई प्रकारले दूनियाँलाई नैं आतंकित पारेर विशाल नेपालको राजा हुने इराधा राखेका थिएनन् र त्यसरी नाक काट्ने आदेश दिएका पनि थिएनन् । त्यस्ता झूठा कपोलकल्पित कुराहरु प्रचार गरेर यस क्षेका सपुतको बेइज्जत गर्न खोजेका थिए । त्यही कुरालाई नेपालका कतिपय इतिहासकारले पनि उल्लेख गरेकाले आज भोलि समेत पृथ्वीनारायण शाहलाई बदनाम गर्ने आधार बनेका हुन् । यो इतिहासको यथार्थ माथिको आक्रमण हो । पृथ्वीनारायण शाहबाट प्रारम्भ भएको विशाल नेपालको एकीकरणको अभियानलाई उनको स्वर्गारोहणपछि उनका कान्छा छोरा बहादुर शाहले विशाल नेपाल कायम गर्न अथक प्रयत्न गरेका थिए । बहादुर बहादुर शाहले मूलुक मात्र जितेका थिएनन् उनले मुलुकमा राम्रो बन्द्योबस्त मिलाउन सकेका थिए । बहादुर शाहले हिमवतखण्डका थुप्रै हिन्दु राज्यहरुलाई शकभर लडाई नगरी आश्रित राज्य बनाउने नीतिसम्म थियो । यस नीतिको फलस्वरुप पाल्पा, मुस्ताड, जाजरकोट, सल्यान, बझाड, गढवालसम्म इत्यादि अनेक राज्यहरु नेपाल अधिराज्यमा सम्मिलित गराउन सकेका र यमुनासम्म साँध भई सिरमोढसँग सन्धि भएकाले पश्चिमतर्फ शान्ति कायम थिएको थियो । यी सबै सर्तहरु कायम राख्न सक्षम बहादुर शाहको योगदान नेपालको इतिहासमा अबिस्मरणीय छन् । पृथ्वीनारायण शाहले नेपालको एकीकरणको सन्दर्भमा यहाँका ब्राह्मण, क्षेत्री, मगर, गरुड, तामाड, कामी, दमाई, सार्की, गाइने, आदि सम्पूर्ण जाति, धर्म र साम्रदायहरुको बीच सँधै समान सद्भाव राख्ने गरेकाले यस क्षेत्रका सबै थरि जातिहरु पृथ्वीनारायण शाहसँग अत्यन्त खुशी थिए । राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र बहादुर शाह दुबै नेपालका गौरव हुन् । विशाल नेपाल सिर्जनाका महान योद्धा बहादुर शाह किन नेपालमा बिभूति घोषित भएनन् ? अव बहादुर शाह बिभुति घोषित हुनुपर्छ । हिमवतखण्डका लगभग ५४ हिन्दू राज्यहरु एकीकरण गरेर नेपालको राष्ट्रिय एकीकरणको समयदेखि स्थापित हुन सकेको नेपाल विश्वको एक मात्र हिन्दु अधिराज्य हो । विक्रम सम्वत् २०६३ साल पछि त नेपालकै पार्टीका गद्दारहरुलाई प्रभावमा लिएर विदेशी हस्तक्षेप, जातीयता र क्षेत्रीयताका नाराले नेपाललाई अफगानिस्थानको हालतमा पु¥याउन चाहेका छन् । यो स्थितिमा हामी सम्पूर्ण नेपालीहरु होसियार हुनुपर्ने अत्यावश्यक छ । नेपालका स्थापित मान्यताहरुलाई निरन्तरता दिन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्य उपदेश मात्र एकपटक हेरौं अनि थाहा हुन्छ– विश्वका प्रसिद्ध नायकहरु भन्दा प्रातःस्मरणीय पृथ्वीनारायण शाहको प्रतिष्ठा धेरै माथि छ । [email protected]