प्रभु लाइफको नाफा १५ करोड

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १४ करोड ८७ लाख रुपैयाँ खुद बीमा शूल्क संकलन गरेको थियो । पुस मसान्तसम्ममा इन्स्योरेन्सले २ करोड ७९ लाख रुपैयाँ लगानी, कर्जा तथा अन्य आयबाट आर्जन गरेको छ । कम्पनीले ३१ करोड २६ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १६ करोड २८ लाख रुपैयाँ धेरै हो ।

खुद बीमा शुल्क बढेसँगै इन्स्योरेन्सको खुद नाफामा पनि सुधार भएको छ । गत वर्षको दोस्रो त्रैमाससम्ममा २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको इन्स्योरेन्सले यस अवधिमा ३ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा १४ करोड ११ लाख रुपैयाँ, जीवन बीमा कोषमा ५१ करोड ९० लाख रुपैयाँ र महाविपत्ती जगेडामा एक करोड १७ लाख रुपैयाँ सञ्चित छ । हालसम्ममा ६४ हजार ४०५ बीमालेख जारी गरी एक अर्ब १ करोड ३५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरको छ। यस अवधिमा इन्स्योरेन्सले ६० वटा दाबी बापत ९५ लाख ६५ हजार रुपैयाँ भुक्तानी गरेको छ ।