सनराइज बैंक र मुक्तिनाथ विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

२९ माघ २०७६ काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ बाणिज्य बैंक र १ विकास बैंकको गरी १ करोड ४६ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । सनराइज बैंक र मुक्तिनाथ विकास बैंकको बोनस शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो । सनराइज बैंकको ८१ लाख ५२ हजार ५५५.८५ कित्ता र मुक्तिनाथको ६४ लाख ७२ हजार ७७७.३८ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।