खैरहनीमा सनराइज बैंकको ४८ औं शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं, २फागुन । सनराइज बैंक लिमिटेडले चितवनको खैरहनी नगरपालिका–१३, गवैमा ४८औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । उक्त शाखा रहित बैंकिङ सेवाको खैरहनी नगरपालिकाका उपप्रमुख सुनिता खरेल थपलिया, सोही नगरपालिकाका वडा नं. १२ र १३ का अध्यक्ष टिकाराम तिमिल्सिना र बलकुमार उप्रेतीको उपस्थितिमा उदघाटन गरिएको छ ।
कार्यक्रममा खैरहनी नगर उपप्रमुख थपलियाले बैंकिङ सेवाका प्रतिनिधि ध्रुर्व कुमार बस्नेतलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्डमार्फत् कारोबार गर्न सकिने जनाइएको छ । यस सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने छ ।
हालसम्म बैंकले १ सय ३० वटा शाखा कार्यालय, ४८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १ सय ५२ वटा एटीएममार्फत् सेवा दिँदै आएको छ ।