कोरोना संकमणको संख्या २५ हजार नाघे लकडाउन गर्न सिफारिस

काठमाडौं । कोरोना संकमणको सक्रिय संख्या २५ हजार नाघ्यो भने लकडाउन गर्न सिफारिस गरिएको छ ।

२५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले उक्त अवस्थामा लकडाउन गर्न सिफारिस गरेको हो । सरकारको तथ्यांक अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको छ ।