कात्तिक ६ गते सेञ्चुरी क्यापिटलको वार्षिक साधारण सभा

काठमाडौं । सेञ्चुरी क्यापिटलको चौथो वार्षिक साधारण सभा कात्तिक ६ गते हुने भएको छ । सभामा कम्पनीले चुक्ता पुँजीको ४.२०% नगद लाभांश दिने (कर सहित) प्रस्ताव पेश गर्नेछ । नगद लाभांश प्रयोजनका लागि यसले ८४ लाख रुपैयाँ छुट्याएको छ ।

साधारण सभामा आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि हुनेछ । आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । साधारण सभा काठमाडौं प्लाजा कमलादीमा दिउँसो १ बजे सुरु हुनेछ ।