एनएमबि हाइब्रिड फण्ड एल– १ र एनएमबि ५० को इकाईधनीको खातामा लाभांश जम्मा

काठमाडौं । एनएमबि हाइब्रिड फण्ड एल– १ र एनएमबि फिप्टीले इकाइ धनीको बैंक खातामा नगद लाभांश शेयरधनीको खातामा पठाएको छ। एनएमबि हाइब्रिड फण्ड एल–१ ले असोज २८ गतेदेखि र एनएमबि फिप्टीले असोज २९ गतेदेखि शेयरधनीको खातामा नगद लाभांश पठाउन लागेका हुन् ।

एनएमबि फिप्टीले आर्थिक २०७६/७७ को नाफाबाट इकाईधनीलाई ५ प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल– १ ले ८ प्रतिशत नगद लाभांश वितरण गर्न लागेका हुन् ।

उक्त नगद लाभांश अभौतिक इकाई धारण गरेका इकाइधनीले हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा आईपीएस मार्फत जम्मा गर्ने जानकारी फण्डले जनाएको छ ।