Category: लगानी/शेयर बजार

मेरो शेयरको सेवा केहि समयको लागि अवरूद्ध हुने

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्गले संचालन गर्दै आएको मेरो शेयरको सेवा केहि समयको लागि अवरूद्ध हुने भएको छ । मेरो शेयर सफ्टवेयर मर्मत गर्नुपर्ने भएकाले आज (बिहीबार) बेलुका ६ बजेदेखि ९ बजेसम्म अवरूद्ध हुने भएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ । मेरो शेयर पुँजि बजारमा शेयर आवेदन भर्न लगायतका काममा प्रयोग हुँदै आएको छ […]

नेप्सेले सोध्यो सिभिल बैंकलाई स्पष्टिकरण

काठमाडौं । सिभिल बैंक र हिमालयन बैंक मर्जमा जाने भन्ने विषयमा नेप्सेले सिभिल बैंकलाई स्पष्टिकरण मागेकोे छ । नेप्सेले विभिन्न संचार माध्यममा हिमालयन बैंक र सिभिल बैंकको मर्जरको विषयमा समाचार प्रकाशन भएको तर ति विषय नेप्सेलाई जानकारी नगराएको भन्दै बैंकसँग लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ । नेप्सेले भदौ ६ गते बजार खुल्नु भन्दा […]

आगामी सातादेखि समाज लघुवित्त र लिवर्टी इनर्जीको आईपीओ कारोबारमा आउने

काठमाडौं । समाज लघुवित्त र लिवर्टी ईनर्जी कम्पनीको आईपीओ आगामी सातादेखि कारोबारमा आउने भएको छ । दुबै कम्पनीहरुले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर सूचीकरण प्रकृया अघि बढाएसँगै आगामी सातादेखि कारोबारमा आउने भएको हो । यी दुबै कम्पनीले भदौ १५ गते एकै दिन आईपीओ बाँडफाँट गरेका थिए । नेप्सेमा सूचीकरणका लागि निवेदन दिईसकेको र आगामी […]

सञ्चय कोषको सेयर बजारमा २१ अर्ब रुपैयाँ लगानी

काठमाडौं । कर्मचारी सञ्चय कोषले २०७६/७७ असार मसान्त सम्ममा २१ अर्ब १४ करोड ४१ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेको छ । अघिल्लो वर्ष कोषले सेयर बजारमा २२ अर्ब ९७ करोड १० लाख रुपैयाँ लगानी गरेको थियो । सञ्चय कोषले विभिन्न बैंक तथा वित्तीय संस्थामा १ खर्ब ७ अर्ब ५२ करोड ८ लाख रुपैयाँ बचतका […]

युनिक नेपाल लघुवित्तले २ करोड ७० लाखको आईपीओ निष्काशन गर्ने

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले २ करोड ७० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । संस्थाले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरको २ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । उक्त सेयर निष्काशन गर्नको लागि लघुवित्तले मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ […]

एनआइसी एसिया ग्रोथ फन्ड इकाइको मूल्य समायोजन

काठमाडौं । नेप्सेले एनआइसी एसिया ग्रोथ फन्डको १२% नगद लाभांश पछिको इकाइमा मूल्य समायोजन गरेको छ । समायोजन पछिको मूल्य नेप्सेले ९ रुपैयाँ ९९ पैसा निर्धारण गरेको छ । फन्डले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट करसहित १२% नगद लाभांश वितरण गर्न लागेको हो । यसको लागि फन्डले आज भदौ २५ गते बुक क्लोज गरेको छ […]

 ८२% हकप्रद अनुमति माग्न नागरिक लगानी कोष पुग्यो धितोपत्र बोर्डमा

काठमाडौं । नागरिक लगानी कोषले ८२% हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १ः०.८२८४ अनुपातमा १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको हकप्रद जारी गर्न लागेको […]

४ अर्ब ४५ करोड मुद्दती निक्षेपमा नागरिक लगानी कोषले लगानी गर्ने

काठमाडौं । नागरिक लगानी कोषले ४ अर्ब ४५ करोड ५९ लाख ६० हजार रुपैयाँ वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। कोषले एकदेखि दुई वर्षे अवधिको लागि उक्त रकम वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको छ । कोषले एक सुचना जारी गर्दै निक्षेप लिन चाहाने क’ वर्गका वाणिज्य बैंकहरुलाई आफुले लिन चाहेको […]

एनआइसी एसिया ग्रोथ फन्डको न्याभ बढ्यो

काठमाडौं । एनआइसी एसिया ग्रोथ फन्डको न्याभ साउन मसान्तमा ११ रुपैयाँ ९८ पैसा कायम भएको छ । अघिल्लो महिनाको भन्दा फन्डको न्याभ २३ पैसाले धेरै हो । अघिल्लो महिनामा फन्डको न्याभ ११ रुपैयाँ ७५ पैसा थियो । साउन मसान्तसम्म आइपुग्दा यस फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी पनि बढेको छ । १ महिनाको अवधिमा सूचीकृत सेयरमा […]

एनआइबीएल प्रगति फन्ड न्याभ बढ्यो

काठमाडौं । साउन मसान्तसम्मा एनआइबीएल प्रगति फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) बढेको छ । यस अवधिमा फन्डको न्याभ २६ पैसाले बढेर १० रुपैयाँ १२ पैसा पुगेको छ । अघिल्लो महिनामा फन्डको न्याभ ९ रुपैयाँ ८६ पैसा रहेको थियो । साउन मसान्त सम्ममा सूचीकृत कम्पनीहरुको सेयरमा लगानी भने घटेको छ । सूचीकृत कम्पनीहरुको सेयरमा लगानी २ […]

नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं । प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआइटी ) कोे ५० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज सोमबार भदौ १५ गते अन्तिम दिन हो । यसमा सोमबार कार्यालय समयभित्र आवेदन दिन सकिनेछ । यस कम्पनीले भदौ ८ गतेबाट सेयर लिलामीमा ल्याएको हो । यसमा न्यूनतम २३ सय रुपैयाँ भाउ राखेर आवेदन दिन […]

एनआइसी एसिया ब्यालेन्स फन्डको न्याभ बढ्यो

काठमाडौं । एनआइसी एसिया ब्यालेन्स फन्डको साउन मसान्तसम्म आइपुग्दा प्रतिइकाई खुद मूल्य (न्याभ) ११ रुपैयाँ २९ पैसामा पुगेको छ । असारमा यसको न्याभ ११ रुपैयाँ ०८ पैसा थियो । अघिल्लो महिनाको तुलनामा फण्डको न्याभ बढेको हो । साउन मसान्तसम्म आइपुग्दा सूचीकृत कम्पनीमा ४० करोड ७२ लाख १७ हजार रुपैयाँ लगानी गरेको छ । फण्डमा अघिल्लो […]

सनराइज फस्टको सेयर बजारमा लगानी १८.४५% वृद्धि 

काठमाडौं । सनराइज फस्ट म्युचुअल फन्डले साउन मसान्तसम्म सूचीकृत कम्पनीको सेयरमा ४२ करोड ४० लाख ७० हजार रुपैयाँ लगानी गरेको छ । १ महिना अवधिमा यसको सूचीकृत संस्थाको सेयरमा लगानी १८.४५% ले बढेको हो । असार सम्ममा यस फन्डले ३५ करोड ८० लाख ७ हजार रुपैयाँ सेयरमा लगानी गरेको थियो । यसअवधिमा फन्डले ५८ वटा […]

सेयर बजारमा सिद्धार्थ इक्विटीले १२.२६% ले बढायो लगानी

काठमाडौं । सिद्धार्थ इक्विटी फन्डले साउन मसान्तसम्म सूचीकृत कम्पनीको सेयरमा १ अर्ब २५ करोड ९५ लाख २२ हजार रुपैयाँ लगानी गरेको छ । १ महिना अवधिलाई आधार मान्दा यसको सूचीकृत कम्पनीको सेयरमा लगानी १२.२६% ले बढेको छ । असार सम्ममा यस फन्डले १ अर्ब १२ करोड १८ लाख ७१ हजार रुपैयाँ सेयरमा लगानी गरेको थियो […]

एनएमबि ५० ले सेयरमा लगानी बढायो

काठमाडौं । एनएमबि ५० को साउन मसान्तसम्म आइपुग्दा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) १० रुपैयाँ ९७ पैसा कायम भएको छ । यो असार महिनाको भन्दा ०८ पैसा बढी हो । असारमा यसको न्याभ १० रुपैयाँ ९० पैसा रहेको थियो । यसको सूचीकृत कम्पनीको सेयरमा लगानी ५७ करोड ५३ लाख ३६ हजार रुपैयाँ पुगेको छ । […]