Category: पत्रपत्रिका

राहत वितरणको मापदण्ड तयार

आर्थिक सञ्जाल चैत्र २१, २०७६ शुक्रबार काठमाडौँ । सरकारले लकडाउनबाट प्रभावित असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक, मजदुर र असहायका लागि उपलब्ध गराइने राहत सम्बन्धी नमुना मापदण्ड बनाई सबै स्थानीय तहलाई पठाएको छ । सरकारले मजदुर र असहायलाई राहत दिने घोषणा गरेसँगै राहत वितरण कार्यलाई एकद्वार प्रणालीबाट दुरुपयोगरहित बनाउन पीडित पक्ष समक्ष राहत पु¥याउन मापदण्ड निर्माण गरेको […]

स्वास्थ्यजन्य सामग्री खरिदमा सरकारको बदमासी

आर्थिक सञ्जाल चैत्र १९, २०७६ बुधबार काठमाडौं । सरकारले खरीद गरेको स्वास्थ्यजन्य सामाग्रि अत्यधिक महगों भएको भन्दै तिव्र विरोध हुन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखा परीक्षकको कार्यालयले चासो देखाएका छन् । महालेखा परीक्षकको कार्यालयका अनुसार सार्वजनिक सरोकारको विषय मानिएको खरिद गरिएका स्वास्थ्यजन्य सामाग्रिमा व्यापक अनियमितता प्रकरणका सन्दर्भमा संसदले आग्रह गरेमा आर्थिक वर्ष समाप्त […]

एसईई विद्यार्थीका लागि नयाँ सुविधा

आर्थिक सञ्जाल चैत्र १९, २०७६ बुधबार काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि घरमै बसेर परीक्षा तयारीमा जुटेका विद्यार्थीले अब आफूले नजानेको प्रश्न घरबाटै सम्बद्ध विषय शिक्षकलाई सोध्न पाउनेभएका छन् । विद्यार्थीको परीक्षाको तयारीमा सुविधा पुग्नुका साथै अभिभावकलाई समेत केही राहत महसुस होस् भनेर शिक्षकको छाता संस्था नेपाल शिक्षक महासङ्घको […]

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे प्रधानमन्त्रीले चासो राख्दा स्वास्थ्यमन्त्री मौन

आर्थिक सञ्जाल चैत्र १८, २०७६ मंगलबार काठमाडौं । प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य उपकरण खरिद प्रकरणमा अनियमितता भएको प्रश्न उठेपछि चासो देखाएका छन्। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘खरिद प्रकरणमा देखिएको विवाद के हो ? संकटका बेला किन यस्ता विषय विवादमा आए ? काम गर्ने तौरतरिका कहाँ मिलेन वा भएको के हो ?’ […]

नेपाल राष्ट्र बैंकको प्याकेज : कर्जाको किस्ता असारसम्म तिर्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै प्रकारका कर्जाको साँवाब्याज तथा किस्ता असार मसान्तसम्ममा तिर्न पाउने व्यवस्था गरेको छ । कोरोना भाइरसका कारण उद्योग/व्यवसाय प्रभावित भएपछि केन्द्रीय बैंकले विशेष प्याकेज आइतवार ल्याएको हो । राष्ट्र बैंकले उद्योगी, व्यवसायीलगायत सबै प्रकारका व्यक्तिगत कर्जालाई राहतस्वरूप साँवा र ब्याज तिर्ने अवधि बढाएको हो । तर, ऋणीले चैतमा किस्ता भुक्तानी […]

विश्वविद्यालयले स्रोत साधन उपलब्ध गराउने

आर्थिक सञ्जाल चैत्र १७, २०७६ सोमबार काठमाडौँ ।कोरोना भाइरसको बढ्दो सङ्क्रमणमा सरकारको अभियानमा सघाउन त्रिभुवन विश्वविद्यालयले आफ्नो स्रोत साधन उपलब्ध गराउने भएको छ । विश्वविद्यालयका रिक्त भवन, तीन हजार रोपनीभन्दा बढी खुला जग्गा तथा अन्य स्रोत साधन आवश्यकता अनुसार उपलब्ध गराउन आफूहरू तयार रहेको विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले जानकारी दिनुभयो । सरकारका जिम्मेवार अधिकारीलाई […]

नेपाल आइपुग्यो सरकारले चीनबाट किनेको र सहयोग प्राप्त स्वास्थ्य सामग्री

आर्थिक सञ्जाल चैत्र १६,२०७६ आइतबार काठमाडौँ  ।  कोरोना भाइरस(कोभिड–१९) संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि चाहिने विभिन्न सामग्री चीनबाट आइतबार नेपाल आइपुगेको छ । सरकारले किनेको, ज्याक मा फाउन्डेसन, र चीनको सिचुवान प्रान्तीय सरकारले दिएको विभिन्न सामग्री आइतबार बिहान ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए। […]

विदेशबाट आएकाको खोजी गर्दै प्रहरी

आर्थिक सञ्जाल चैत्र १६,२०७६ आइतबार काठमाडौं । विदेशबाट फर्किएका नेपालीमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखा पर्न थालेपछि नेपाल प्रहरीलाई ती व्यक्तिहरूको पहिचान गर्न समस्या परेको छ । प्रहरीले सबैलाई सम्पर्कमा आइदिन आग्रह गरेको छ । विशेषगरी चैत महिनाको ४ गते भएका हवाई उडानहरू कतार एयरवेज र एयर अरेवियाबाट नेपाल आएका दुई नेपाली यात्रुमा कोरोना भाइरसको सङ्क्रमण देखा […]

मुलुक ‘लकडाउन’मा रहेको बेला विद्यार्थी भर्ना गर्ने स्कुललाई सोझै कारवाही

आर्थिक सञ्जाल चैत्र १४, २०७६ शुक्रबार काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणका कारण मुलुक पूरै लकडाउनमा पुगेको बेला विद्यालयहरूले नयाँ विद्यार्थी भर्ना तथा भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन गरेको पाइएमा कडा कारबाही गरिनेभएको छ । विद्यार्थी भर्ना गर्न बोलाउने विद्यालयलाई कारबाही गरी विद्यार्थीको भर्ना समेत खारेज गरिने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्पष्ट […]

कोरोना संक्रमित भेटिएको सुचना लुकाइएपछि टेकु अस्पतालका प्रमुख र चिकित्सकलाई रुष्ट

आर्थिक सञ्जाल  चैत्र १३, २०७६ बिहीबार काठमाडौँ । सञ्चार माध्यमहरूबाट बुधबार दिउँसो खबर फैलियो– मुलुकभित्रै तेस्रो व्यक्तिमा कोभिड–१९ संक्रमणको पुष्टि । तर अनलाइनहरूमा मुख्य समाचार बनिसक्दासम्म पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कार्यरत चिकित्सकलाई मात्र हैन, निर्देशकलाई समेत त्यसबारे पत्तो थिएन । जबकि संक्रमित बिरामी त्यही अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् । बिरामीमा […]

क्‍वारेन्टाइनमा राख्‍नै मुस्किल

आर्थिक सञ्जाल  चैत्र १३, २०७६ बिहीबार काठमाडौं । भारतबाट पछिल्ला दिनहरूमा फर्केकालाई सम्बन्धित जिल्ला र पालिकामै क्वारेन्टाइनमा राख्ने निर्णय कार्यान्वयन गर्न मुस्किल देखिएको छ । भारतबाट गौरीफन्टा नाका हुँदै मंगलबार नेपाल भित्रिएका १ हजार १७ जनालाई प्रदेश सरकारले राति सम्बन्धित जिल्लामा पठाएको थियो । उनीहरूलाई जिल्ला प्रशासन कार्यालय र पालिकाले क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन भनिएकामा […]

कोरोना भाइरस संक्रमण रोकथाम कोषमा रकम जम्मा हुने क्रम जारी

आर्थिक सञ्जाल । मंगलबार, ११ चैत्र २०७६ काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले ५० करोडको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष स्थापना गरेसँगै विभिन्न क्षेत्रबाट रकम जम्मा हुन सुरु भएको छ। मन्त्रिमण्डलका सदस्यले एक–एक महिनाको तलब राख्ने घोषणा गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले कोषमा सघाउन आह्वान गरेपछि उद्योगी, व्यापारी, बैंक तथा वित्तीय संस्था, […]

६१ वर्षे इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय उडानमा रोक

आर्थिक सञ्जाल । सोमबार, १० चैत्र २०७६ काठमाडौं । नेपाली हवाई उड्डयनको ६१ वर्षे इतिहासमा पहिलोपटक सोमबारदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले आइतबार राति १२ बजेदेखि १८ चैतसम्म अन्तर्राष्ट्रिय उडान–अवतरणमा रोक लगाएको हो । नेपालले ०१५ सालदेखि अन्तर्राष्ट्रिय उडान थालेको हो । भूकम्प र ठुल्ठूला आन्दोलनका वेलासमेत अन्तर्राष्ट्रिय उडानमा रोक लागेको इतिहास […]

भिसा लागेर पनि ५० हजार कामदार जान पाएनन, गइसकेका ३३६ लाई फिर्ता लैजान नेपाललाई दबाब

आर्थिक सञ्जाल । सोमबार, १० चैत्र २०७६ काठमाडौं । खाडी क्षेत्रका विभिन्न मुलुकका रोजगारदाताले नेपाली कामदारलाई फिर्ता लैजान दबाब दिन थालेका छन् । संसारभर फैलिएको कोरोना भाइरसका कारण धमाधम कम्पनी बन्द हुन थालेपछि युएईका आबुधाबी र दुबई तथा बहराइनका सेवा क्षेत्रका रोजगारदाताले नेपाली म्यानपावर व्यवसायीलाई कामदार फिर्ता लैजान दबाब दिएको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । […]

आजदेखि भारत र चीनसंग जोडिएका सबै नाका बन्द, ढुवानी लगायत सामान आयात भने निरन्तर

आर्थिक सञ्जाल । सोमबार,१० चैत्र २०७६ काठमाडौं । सरकारले भारत र चीनसँगका सबै नाका आजदेखि पूर्णरूपमा बन्द गर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले एक साताका लागि सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले बताए। उनका अनुसार नाकाबाट ढुवानीलगायत सामान आयात भने निरन्तर रहनेछ । भारतबाट हुलका हुल नेपाली […]