Category: राजनीति

कम्युनिष्ट ट्यागमा गोरख धन्दा बन्द गराै

  आर सी न्यौपाने कम्युनिजमको दर्शन विध्यमान मानव सभ्यताको चरणमा वर्तमान समाजको जिवन्त शास्वत सत्य हो । कथनी र करनीको समान ध्यय र दिशा निर्धारण हुन नसके सम्म कम्युनिष्ट आन्दोलनले मुर्त लक्ष चुम्न सक्दैन । एका तर्फ समाजवादी सिद्धान्तको पैरवी गर्दै कार्ल मार्क्स ,फ्रेडरिक एङेगेल्स , लेनिन ,जोसेफ स्टालिन , माओ सेतुङ ,हो चिन मिन्ह […]

राष्ट्रियसभाका नवनियुक्त १८ सदस्यको शपथ आज

आर्थिक सञ्जाल बुधबार, २१ फागुन २०७६ काठमाडौँ । राष्ट्रिय सभामा नवनियुक्त १८ सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ११ बजे सदस्यहरूको शपथ हुनेछ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनियुक्त सदस्यहरूको शपथ गराउने छन् । एक तिहाइको कार्यकाल दुई वर्षमा सकिने संवैधानिक प्रावधान अनुसार रिक्त हुने स्थानमा […]

थप सात विभागमा प्रमुख देउवाले तोके

आर्थिक सञ्जाल । सोमबार,१९ फागुन २०७६ काठमाडौं  । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा थप सात विभागमा प्रमुख मनोनित गरेका छन् । सभापति देउवाले एनपी साउदलाई शुभेक्षुक संस्था, अम्बिका बस्नेतलाई वातावरण तथा विपत व्यवस्थापन, ईश्वरी न्यौपानेलाई महिला र केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभागको प्रमुख मनोनित गरेका हुन् ।    मोहनबहादुर बस्नेतलाई खेलकुद, […]

चीनका लागि नयाँ राजदूतमा पूर्वपरराष्ट्रमन्त्री पाण्डे सिफारिस

आर्थिक सञ्जाल । सोमबार,१९ फागुन २०७६ काठमाडौं । सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएको छ। उनको ठाउँमा पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई १५ दिनको म्याद दिएर फिर्ता बोलाउने निर्णय गरेको हो। उनलाई फिर्ता बोलाउनेबारे यस अघिको बैठकमासमेत छलफल भए पनि को […]

पुस्तकको १० प्रतिशत कर खारेज गर्न माग गर्दै नेविसंघको प्रदर्शन

आर्थिक सञ्जाल आइतबार, १८ फागुन २०७६ काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले पुस्तकमा लगाएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै देश भर विरोध गरेको छ । संघले पुस्तकमा लगाइएको १० प्रतिशत कर खारेज गनुपर्ने, इन्धनमा गरिएको मूल्य वृद्धि फिर्ता लिनुपर्ने, भ्रष्टाचारीलाई कानूनी कारवाही गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुनिश्चितता गर्नुपर्ने लगायतका माग राखी […]

महाधिवेशन घोषणापछि बल्ल देउवाले गठन गरे विभागहरु

आर्थिक सञ्जाल आइतबार, १८ फागुन २०७६ काठमाडौं । महाधिवेशनको मिति तय भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका १३ विभागहरु गठन गरेका छन् । सभापति भएको यति समयसम्म विभाग गठन गर्न आनाकानी गर्दै आएका उनले एकलौटीरुपमा पार्टीका १३ विभाग गठन गरेका हुन् । पार्टीभित्रको रामचन्द्र पौडेल समूहले विभागमा बस्‍ने नेताहरुको नाम नदिए पनि रामचन्द्र पौडेल समूहका […]

अर्थमन्त्री खतिवडाले अब राष्ट्रिय सभा सदस्यमा निरन्तरता नपाउने

आर्थिक सञ्जाल । बुधबार, १४ फागुन २०७६ काठमाडौं । अर्थमन्त्री पदबाट डा. युवराज खतिवडा बाहिरिने संकेत देखिएको छ । खतिवडा राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत भएका हुन् । अब उनको ठाउँमा नेकपाका प्रभावशाली नेता बामदेव गौतमलाई नियुक्त गरिने उक्त दलले निर्णय गरेको छ । यससँगै उनको अर्थमन्त्रीबाट बहिर्गमन हुने संकेत देखिएको छ । खतिवडाको अवधि यही […]

चुनाव हारेका वामदेवलाई प्रधानमन्त्री बनाउन संविधान संशोधनको तयारी

१२ फाल्गुन २०७६, सोमबार काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले गत असार २६ गते वामदेव गौतमको जन्मदिन पारेर उनलाई पार्टी उपाध्यक्ष पद ‘अफर’ गरेका थिए ।                                                          […]

वामदेव घुम्दैफिर्दै फेरि संसदमा  !

काठमाडौं ।  राष्ट्रिय सभा सदस्यसमेत प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन नभएसम्म सांसद नबन्ने सर्त राखेका नेकपाका उपाध्यक्ष वामदेव गौतम अन्ततः राष्ट्रिय सभामा जान तयार भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको सिटमा गौतमलाई २० फागुनपछि लैजान लागिएको हो । यसअघि मनोनीत अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल २० फागुनमा सकिँदै छ । एमसिसी अध्ययन कार्यदलको प्रतिवेदनमाथि छलफल […]

उपसभामुख निर्वाचन अन्योलमा

आइतबार, ११ फागुन २०७६ काठमाडौं । सभामुखको गाँठो फुकाउन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएपछि रिक्त पदमा तत्काल निर्वाचन नहुने भएको छ । हाल कानुनमन्त्री रहेकी तुम्बाहाङ्फेले गत ६ माघमा पदबाट राजीनामा दिएकी थिइन् ।संविधानमा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्थाका कारण नेकपाले उनलाई राजीनामा गराएर आफ्नो दलबाट नै सभामुखमा अग्नि सापकोटालाई निर्वाचित […]

फेरी स्थगित भयो स्ववियू निर्वाचन

आर्थिक सञ्जाल । बुधबार, ७ फागुन २०७६ काठमाडौं । पटक–पटक सर्दै आएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन १४ गते पनि नहुने भएको छ । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते तोकेको क्याम्पसहरुको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको छ । सोमबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले स्ववियू चुनाव अर्को सूचना नहुँदासम्मका लागि […]

कांग्रेसद्वारा विधानका केही दफा निलम्बन

फागुन १, २०७६ , काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आगामी अधिवेशन र महाधिवेशनको प्रयोजनका लागि मात्र लागू हुने गरी पार्टी विधानका केही दफा निलम्बन गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न तथा अधिवेशन र महाधिवेशनको कार्यतालिका कार्यान्वयन गर्न विधानका दफा निलम्बन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका […]

कांग्रेस उपसभापति विरुद्ध मुद्दा लागेपछि आकस्मिक बैठक

काठमाडौं । कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा लागेपछि सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आकस्मिक बैठक बसेको छ । उपसभापति गच्छदारलाई साढे ९ करोडको विगोसहित भ्रष्टाचार मुद्दा लागेपछि सभापति निवास बूढानीलकण्ठमा आकस्मिक बैठक बसेको छ । बिहीबार बिहान बोलाइएको बैठकमा केही कानूनविदहरूलाई समेत बोलाइएको छ । बैठकमा नेपाली कांग्रेसका शीर्ष नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह […]

राप्रपा केन्द्रिय महाधिवेशन जेठ २५ हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकले महाधिवेशन आगामी जेठ २५ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । माघ १७ गतेदेखि काठमाडौंमा बसेको बैठकले अबदेखि महाधिवेशनका सम्पूर्ण प्रतिनिधिहरु सम्बन्धित प्रदेश निर्वाचन क्षेत्रभित्र रहेका सक्रिय सदस्यबाट प्रत्यक्ष रुपमा निर्वाचित भएर आउने नयाँ व्यवस्था गरेको छ । निर्वाचन विनियमावली २०७६, निर्देशिका २०७६ र कार्यतालिका सामान्य […]

सभामुखको निर्वाचन माघ १२ गते हुने

आर्थिक सञ्जाल । काठमाडौं ६ माघ। प्रतिनिधिसभाको रिक्त सभामुखको निर्वाचन आगामी माघ १२ गते हुने भएको छ । कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रतिनिधिसभाको सभामुखको निर्वाचन १२ गते गर्ने दलहरुबीच सहमति भएको हो । समिति सदस्य कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले माघ १२ गते सभामुखको निर्वाचन गर्ने सहमति भएको बताए थिए । ‘सभामुखको निर्वाचन माघ १२ […]