Category: खेलकूद

कामना सेवा विकास बैंकको ऐतिहासिक जित

आर्थिक सञ्जाल । बिहीबार, ८ फागुन २०७६ काठमाडौं । एसएस इभेन्टस्द्वारा टि.यु. अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजित कर्पोरेट सुपर सिजन–६ क्रिकेट प्रतियोगिताको फाइनलमा कामना सेवा विकास बैंकले भारतीय राजदुतावासलाई हराउँदै प्रथम स्थान हासिल गर्न सफलभएको छ । उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी समेत कामना सेवा विकास बैंककै हेमन्त वात्स्तब भएका थिए । उनले यमाहाको एफजेटएस मोटरसाइकल प्राप्त […]

ग्लोबल आईएमई बैंकले सर्वोकृष्ट पुरुष र महिला बर्ष खेलाडीलाई  १–१ लाख नगद पुरस्कार

  आर्थिक सञ्जाल । बुधबार, ७ फागुन २०७६ काठमाडौँ । ग्लोबल आईएमई बैंकले नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघद्धारा आयोजित स्र्पोट्स अवार्ड २०७५ मा सर्वोकृष्ट हुने पुरुष र महिला खेलाडीलाई प्रदान गरिने नगद पुरस्कार प्रायोजन गरेको छ । पुरुषतर्फ सर्वोकृष्ट प्याराग्लाईडिङ्गका विमल अधिकारी र महिलातर्फ सर्वोकृष्ट भएकी तेकवान्डोकी निमा गुरुङ्गलाई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत […]

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता सम्पन्न

  ४ फागुन २०७६, आईतवार काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोग र क्वेस्ट इन्टरनेशनल कलेजको आयोजनामा भएको नारायणप्रसाद स्मृती बास्केटबल प्रतियोगिता २०७६ शुक्रबार सम्पन्न भएको छ । खेलकुदको विकासमा सहयोग गर्दै आइरहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोगमा भएको बास्केटलबल प्रतियोगितामा काठमाडौंका विभिन्न कलेजहरूको सहभागिता रहेको थियो । कलेजको प्रांगणमा सम्पन्न बास्केटबल प्रतियोगिताको महिलातर्फ प्रथम […]

आर्मीलाई हराउँदै ए डिभिजन लिगको उपाधि मछिन्द्रले हात पार्यो

काठमाडौं । यस बर्षको शहिद स्मारक ए डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले हात पार्न सफल भएको छ । दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा मछिन्द्रले त्रिभुवन आर्मीलाई १–० गोल अन्तरले हराउँदै उपाधि जित्न सफल भएको छ । खेलको ३४ औँ मिनेटमा मछिन्द्रका रजीन धिमालले हानेको फ्री किकलाई आर्मीका डिफेन्डर विकास तामाङले आफ्नै पोष्टमा गोल गर्दै मछिन्द्रलाई […]

प्रधानसेनापति म्याराथनको उपाधि होमलाललाई

  काठमाडौँ । प्रधानसेनापति खुला म्याराथनको पाँचौँ संस्करणको उपाधि नेपाली सेनाका जमदार होमलाल श्रेष्ठले जितेका छन् । नेपाली सेनाले आज आयोजना गरेको सो प्रतियोगितामा उनले ४२ दशमलव १९५ किलोमिटरको दूरी दुई घण्टा २२ मिनेट १७ सेकेण्डमा पूरा गरे । होमलालले साविक विजेता सेनाकै जमदार कृष्ण बस्नेतलाई पछि पार्दै रु एक लाख २५ हजार तथा मोटरसाइकल […]

‘ए’ डिभिजन लिग : एनआरटीलाई पराजित गर्दै शेर्पाको जित

  काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम एनआरटीलाई पराजित गर्दै हिमालयन शेर्पा क्लबले जित हात पारेको छ। ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेकसमा आज भएको खेलमा शेर्पाले एनआरटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो। शेर्पाको जितमा स्टेफन समिर र त्रिदेव गुरुङले एक एक गोल गरे भने एनआरटीका लागि राजेश परियारले एक गोल फर्काए। […]

साग स्वर्ण पदक विजेतालाई एन्फाले जनही ५ लाख दिने

काठमाडौं, माघ २६ घरेलु मैदानमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता यू २३ फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनही ५ लाख ५० हजार रुपैयाँ दिने भएको छ । एन्फाको नौ महिनापछि आइतबार बसेको बैठकले सागको रजत पदक विजेता महिला टोलीका सदस्यलाई भने जनही १ लाख ५० हजार […]

ए डिभिजन लिगमा आज मनाङ र एनआरटी बीचमा प्रतिस्पर्धा हुने

माघ २६, काठमाण्डौ ( शहीद स्मारक ए डिभिजन लिगमा आज आइतबार खेल हुँदैछ । मनाङ मस्र्याङ्दी क्लव र एनआरटीबीचको खेल एन्फा कम्प्लेक्स मैदानमा दिउँसोे हुनेछ । उपाधि होडमा कायम रहनका लागि मनाङलाई आजको खेल जित्नै पर्ने स्थिति रहेको छ । उपाधि रक्षाको अभियानमा रहेको मनाङ एनआरटीलाई हराएर तेस्रो स्थानमा उक्लिन चाहन्छ । मनाङले १० खेलमा […]

तेस्रो स्थानमा थ्री स्टार उक्लियो

काठमाडौंं । थ्री स्टारले संकटालाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबलको अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ । ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा थ्री स्टारले साविक उपविजेता संकटालाई १–० गोल अन्तरले पराजित गर्दै अंक तालिका आधारमा तेस्रो स्थानमा उक्लेको छ । थ्री स्टारको जीतमा अनन्त तामाङले खेलको […]

शहीद स्मारक ए डिभिजन लिगः मच्छिन्द्र शीर्ष स्थानमा 

  काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब सरस्वती युथ क्लबलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न पहिलो खेलमा मच्छिन्द्रले सरस्वतीलाई ६–१ गोल अन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । मच्छिन्द्रले खेलको पहिलो हाफमा एक गोल ग¥यो भने दोस्रो हाफमा […]

नेपाल ओमानसँग १८ रनले पराजित

काठमाडाैं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ओमानले निर्धारित ५० ओभरमा दिएको १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ७९ रन जोडेर अलआउट हुन पुग्याे । नेपालको लागि शरद भेषवाकरले सर्वाधिक ५५ रन […]

पुलिसलाई हराउँदै आर्मी शीर्ष स्थानमा

काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब जारी शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै शीर्ष स्थानमा पुगेको छ । दशरथ रङ्गशालामा भएको दोस्रो खेलमा आर्मीले पुलिस क्लबलाई ४–२ गोलले हराएको छ । आर्मीका लागि नवयुग श्रेष्ठले दुई तथा सुमन अर्याल र सुदिल राईले एक एक गोल गरेका थिए । नेपाल पुलिसका […]

सरस्वती क्लबको हिमालयन शेर्पामाथि ४–३ को जित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको पुछारमा रहेको सरस्वती युथ क्लबले पहिलो जित निकालेको छ । पुछारमा रहेको सरस्वतीले जित हात पारेसँगै पुछारकै अन्य टोलीमाथि भने दबाब परेको छ । सरस्वती क्लबले हिमालयन शेर्पा क्लबलाई ४–३ ले हरायो । सरस्वती क्लबको चार अङ्क छ । पाँच अंक सहित हिमालयन शेर्पाले लिग तालिकाको दोस्रो स्थानमा […]

ज्ञानेन्द्र मल्लको कप्तानीमा विश्व क्रिकेट लिग खेल्ने टोलीको घोषणा

१० माघ काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजना हुने पहिलो एक दिवसीय शृङ्खला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल, ओमान र अमेरिकासँग हुुने त्रिकोणात्मक शृङ्खलाका लागि नेपाल क्रिकेट संघ ‘क्यान’ ले आज ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । बन्द प्रशिक्षणमा रहेका २४ […]

पोखरामा गौतम बुद्ध हिमालय अन्तर्राष्ट्रिय कराते आयोजना

नेपाल भ्रमण वर्ष २०२०, सचिवालय संगको सहकार्यमा नेपाल सितोरियो कराते डो संघले प्रथम गौतम बुद्ध हिमालय अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप पोखरामा आयोजना गर्दैछ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा हुन लागेको प्रतियोगिता आगामी मार्च ५ देखि ९ तारिखसम्म हुने संयोजक राजीव थापाले जानकारी गराएका थिए । करिब ३० राष्ट्रबाट २ हजारको सहभागिता अपेक्षा गरिएको नेपाल […]

No more posts