Category: पर्यटन

नाट्टा गण्डकी अध्यक्षमा सिग्देल

  ४ फागुन २०७६, आईतवार काठमाडौं । ट्राभल व्यवसायीको छाता सङ्गठन नाट्टा गण्डकी प्रदेशको ११आँ अधिवेशनले सञ्जयकान्त सिग्देललाई अध्यक्षमा निर्वाचित गरेको छ । शनिबार सम्पन्न अधिवेशनमा सिग्देलले प्रतिस्पर्धी झवि अधिकारीलाई २० मतले पछाडि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । एक सय ८१ जना मतदाता रहेकामा झविले ७० मत प्राप्त गरेका थिए भने सिग्देलले ९० मत […]

सिटिजन्स बैंक र एल्लो प्यागोडा होटेल बिच सहकार्य

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एल्लो प्यागोडा होटेल प्रा. लि. बीच बैंकका ग्राहकमहानूभावहरुलाई होटेलकोे सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । यस सम्झौता पश्चात् सिटिजन्स बैंकका डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्ड वाहक महानुभावहरुले एल्लो प्यागोडा होटेलको काठमाडौं तथा पोखरा स्थित शाखाहरुमा सेवा लिंदा विशेष छुट पाउने छन् । यस किसिमको सहकार्यबाट […]

सामाजिक सुरक्षा कोषमा होटल संघद्वारा कर्मचारीलाई सूचीकृत गराउन निर्देशन

काठमाडौँ । होटल संघ नेपालले ३० दिनभित्र आफ्ना कामदार तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउन सम्पूर्ण होटल व्यवसायीलाई निर्देशन दिएको छ । संघको कार्यसमिति बैठकले संघमा आबद्ध होटलहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुने निर्णय गरेको महासचिव साजन शाक्यले जानकारी दिएका छन । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा १९ र […]

फागुन १९ देखि नेपाल वायुसेवा निगमले जापानको नारिता उडान भर्ने

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आगामी फागुन १९ गते (२ मार्च २०२०) देखि जापानको नारितामा सिधा उडान भर्ने भएको छ । निगमको एयरबस वाइड बडी जहाजमार्फत नारितामा साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार सिधा उडान प्रारम्भ गर्ने निगमले आज एक प्रेस विज्ञप्ति मार्फत जनाएको छ । निगमको जहाज बिहान १ः२५ बजे […]

निजगढ विमानस्थलबाट पाँच वर्षमा व्यावसायिक उडान हुन्छ

काठमाडौं । माघ २२ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढ विमानस्थलबाट पाँच वर्षमा व्यावसायिक उडान गरिछाड्ने बताएका छन्। नागरिक उड्डयन प्राधिकरणले नेपालका ५४ वटा विमानस्थलको अवस्थाबारे जानकारी दिन आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले काठमाडौंको चापलाई कम गर्न निजगढ विमानस्थलको विकल्प नभएको बताएका हुन्। निजगढमा हजारौँ मान्छे उतारेर काम सुरु गर्छौँ भन्ने भाषणबाजी […]

आइएमई ट्राभल्सले १४औँ वार्षिकोत्सव

२१ माघ काठमाडौं । आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई ट्राभल्सले आफ्नो वार्षिकोत्सवको अवसरमा बिभिन्न सेवाग्राहीमुखी योजना ल्याएको छ । सेवाग्राहीमुखी योजना अन्तर्गत आइएमई ट्राभल्सबाट टुर प्याकेज खरिद गरी यात्रा गर्ने १ जनालाई गोला प्रथाबाट छनोट गरी चन्द्रगिरि रिसोर्टमा एक (१) रातखाने–बस्ने सहितको सुबिधा निशुल्क उपलब्ध गराउनुका साथै हवाइ टिकट खरिद गर्ने मध्यबाट १ जनालाई सोही […]

महाशिवरात्रि मूल समारोह समिति गठन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा १०१ सदस्यीय महाशिवरात्रि पर्व मूल समारोह समिति गठन गरिएको छ । फागुन ९ गते महाशिवरात्रि पर्व परेको छ । उक्त पर्वलाई सहजताका साथ सम्पन्न गर्न समिति गठन गरिएको हो । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार यो वर्षको महाशिवरात्रिका लागि ७५ […]

बुद्ध एयरको राजविराज दैनिक उडान सुरु

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले शनिबारदेखि प्रदेश नम्बर २ को राजविराजमा नियमित उडान सुरु गरेको छ । बुद्ध एयरले एटिआर ७२ जहाज मार्फत काठमाडौं राजविराज उडान सेवा सुरु गरेका छन । काठमाडौंबाट बिहान ११ बजेर २५ मिनेटमा उडान हुने छ भने राजविराजबाट सोही दिन १२.२० मा काठमाडौं फिर्ता हुने छ । […]

जन्मदिनमा चन्द्रागिरि केवलकार सेवा निशुल्क

काठमाडौं । १५ माघ चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकारमा आफ्नो जन्मदिनको अवसरमा सेवा लिने आन्तरिक तथा बाह्रय पर्यटकलाई केवलकार सेवा निशुल्क प्रदान गर्ने व्यवस्था गरिएको छ । चन्द्रागिरि भ्रमण गर्ने पर्यटकको जन्मदिन बिशेष बनाउने उद्देश्यले यो योजना ल्याइएको हो । यो योजना अन्र्तगतको सेवा लिन पर्यटकले जन्मदिन खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनु […]

नेपाल पर्यटन बोर्डमा रेग्मी

काठमाडौं । रिक्त रहेको नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा धनञ्जय रेग्मी नियुक्त भएका छन । रेग्मीलाई नेपाल पर्यटन बोर्डको सञ्चालक बोर्डले सीईओ नियुक्ति गर्ने निर्णय गरेको हो । नेपाल भ्रमण वर्ष २०२० मानाइरहेको अवस्थामा सञ्चालक बोर्ड बैठकले गत डिसेम्बर २३ गतेदेखि रिक्त पदमा उनलाई सीईओ नियुक्ति गर्ने निर्णय गरेको थियो । नेपाल पर्यटन […]

नेपाल एअरलाइन्सका २५ पाइलटद्वारा सामूहिक राजीनामा

काठमाण्डौ । नेपाल एअरलाइन्सका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका छन् । विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले तीन महिनाको समय दिएर एअरलाइन्स व्यवस्थापन समक्ष राजीनामा पत्र बुझाएका हुन् । व्यवस्थापनको काममा नेपाली स्थायी कर्मचारी बढी खटिनु पर्ने भए पनि बढी सेवा सुविधा विदेशी पाइलटलाई दिइएको पाइलटहरुको आरोप छ । […]

बुद्ध एयरले राजविराजमा उडान भर्दै

काठमाडौं । आगामी माघ १८ गतेदेखि बुद्ध एयरले प्रदेश नं २ को महत्वपूर्ण शहर राजविराजमा नियमित उडान भर्ने भएको छ । काठमाडौंबाट ३५ मिनेटमा पुगिने राजविराजको सुरुवाती भाडा ३ हजार ६ सय रुपैँया तोकिएकोे छ । काठमाडौंबाट ११ बजेर २५ मिनेटमा र राजविराजबाट १२ बजेर २० मिनेटमा उडान गर्ने तालिका समेत सार्वजनिक गरेको छ । […]

मदन खरेलले निगमबाट राजीनामा

काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले फेरि पदबाट हटेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई मन्त्रीले कार्य प्रगति माग्न थालेपछि खरेलले पदबाट राजीनामा दिएका छन । उनले आइतबार पर्यटन मन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन् । २०७० साल जेठमा चार वर्षका लागि महाप्रवन्धक बनेका खरेल कार्यक्षमताकै कारण एक वर्षपछि […]

भ्रमण वर्ष शुभारम्भमा ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा

सरकारले नेपाल भ्रमण वर्ष, २०२० अभियानको शुभारम्भमा विभिन्न ४० देशका पर्यटनमन्त्रीलाई सहभागी गराउने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष अभियानको उद्घाटन कार्यक्रममा सहभागिताका लागि ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा गरिएको जानकारी दिए। प्रदेश ३ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको ‘नेपाल भ्रमण वर्ष, २०२० पूर्वतयारी भेला’ मा […]

भिजिट नेपाल २०२० प्रवर्द्धन गर्दै विश्व संस्कृति मेलामा नेपालको स्टल

थाइल्यान्डको राजधानीमा बैङ्कक जारी विश्व संस्कृति मेलामा नेपालको स्टल पनि राखिएको छ। नेपाल भ्रमण वर्षको प्रवद्र्धन गर्दै उक्त स्टल राखिएको थाइल्यान्डस्थित नेपाली राजदूतावासले जनाएको छ। राम्खाम्हेङ विश्वविद्यालयमा जारी उक्त मेलामा नेपालको पहिचा झल्काउने हिमाल, बुद्ध तथा लुम्बिनीका पोस्टर टाँगिएका छन्। त्यस्तै स्टलमा थाङ्का चित्र, पशुपति र स्वयम्भूका आकृति, बुद्धका मूर्तिहरू, पस्मिना शल, बौद्ध झण्डालगायत विभिन्न […]

No more posts